Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. रोयल फेमिलीले जित्यो मालिकादेवी कप 
 रोयल फेमिलीले जित्यो मालिकादेवी कप 
खेल वरकाेबाेट विशेष समाचार समाज

रोयल फेमिलीले जित्यो मालिकादेवी कप 

by वरकाेबाेट संवाददाता October 19, 2023
चाैतारा-तेस्रो संस्करणको मालिकादेवी कप फुटबल प्रतियोगिताको उपाधिका रोयल फेमिली चौताराले जितेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा महांकालभूमि तामाङ समाज साँगाचोकलाई ०–२ गोलले पराजित गर्दै रोयल फेमिली प्रतियोगिताको बिजेता बनेको हो ।
रोयल फेमिलीको जितमा उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका कृष सापकोटाको नायककीय प्रदर्शन गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल गरेका सापकोटा नै खेलको म्यान अफ द म्याच घोषित भए । रोयलले अधिकांश समय बल नियन्त्रणमा लिएर लगातार आक्रमणमा उत्रेपछि महांकालभूमि निरीह बन्दा उपबिजेतामा चित्त बुझाउन बाध्य भयो ।
  मेलचौर युवा जागरण समाजले आयोजना गरेको प्रतियोगिताको बिजेता रोयल फेमिलीले मालिकादेवी कपसहित नगद १ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार पायो ।  उपबिजेता महांकालभूमिले नगद ६६ हजार ६ सय ६६ रुपैयाँ हात पा¥यो ।
रोयल फेमिलीका विदेशी खेलाडी एलेक्स उत्कृष्ट स्ट्राइकर,  रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता र निर्मल श्रेष्ठले उत्कृष्ट प्रक्षिकको उपाधि जित्दा महांकालभूमिका राम ढकाल उत्कृष्ट मिडफिल्डर, सहज कोइराला उत्कृष्ट गोलरक्षक र बिलभ तामाङ उत्कृष्ट डिफेण्डर घोषित भए । उत्कृष्ट खेलाडीले ट्रफी र नगद ३ हजार रुपैयाँ पुरस्कार पाए । चौतारा फाइभ युथ क्लबले फेयर प्लेको अवार्ड जित्यो । उसले ट्रफीको साथमा नगद ५ हजार रुपैयाँ पुरस्कार पायो ।
बिजेता टोली तथा खेलाडीलाई बागमती प्रदेश सरकारका भौतिक योजनामन्त्री युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा लगायतले संयूक्त रुपमा ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरे ।
सातासम्म चलेको खुला ७ए साइड नगर कप प्रतियोगितामा बाह्यसहित जिल्लाका २९ टोलीले भाग लिएका थिए । जागरण समाजले बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा बर्सेनी यो प्रतियोगिता आयोजना गर्दै आएको छ । आयोजकले बर्सेनी पुरस्कार राशी र सहभागी टोली बढाउँदा रोमाञ्चक बन्दै गएको यो प्रतियोगिता जिल्लामै चर्चित छ । ‘जिल्लामै प्रतिष्ठित बनिरहेको प्रतियोगितालाई निरन्तरता दिनेछौँ,’ आयोजक जागरण समाजको अध्यक्ष कृष्ण श्रेष्ठले भने ।
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.