Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. ललितपुर सिटी बन्यो एनएसएल च्याम्पियन
 ललितपुर सिटी बन्यो एनएसएल च्याम्पियन
खेल समाचार

ललितपुर सिटी बन्यो एनएसएल च्याम्पियन

by वरकाेबाेट संवाददाता December 30, 2023

काठमाडौँ–नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ।

साविक उपविजेता धनगढी एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै ललितपुर उपाधि चुम्न सफल भएको हो।

गत सिजन एलिमिनेटरबाट नै बाहिरिएको ललितपुरले फाइनल पुगेको वर्ष नै उपाधि जितेको हो। लगातार दोस्रो पटक फाइनल खेलेको धनगढी दोस्रो पटक पनि उपविजेतामा सिमित रह्यो ।

त्यसअघि खेलको ३८ औं मिनेटमा ललितपुरविरुद्ध धनगढीले सुरुआती अग्रता बनायो। आदित्य चौधरीको लामो प्रहार अहमद हिजाजीले नियन्त्रणमा लिदै गरेको प्रहार ललितपुरका गोलरक्षक जेफ्री विली मार्सेलले नियन्त्रणमा लिन नसकेको बललाई अफिज ओलावालेले पोष्टको दिशा दिए।

पहिलो हाफमो इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुर खेलमा फर्कियो। इमो इजेकीको फ्रिकीक सिधै गोलमा परिणत भएपछि ललितपुर बराबरीमा आएको हो।

५० औं मिनेटमा धनगढीविरुद्ध ललितपुरले अग्रता दोब्बर पार्यो। सेसेहाङ आङदेम्बेको लामो पासमा आदित्य शाक्यको क्रसमा दिनेश हेन्जनले उत्कृष्ट गोल गर्दै ललितपुरलाई २–१ को अवस्थामा ल्याए।

५८ औं मिनेटमा इमो एजिकिलेको गोलमा ललितपुर ३–१ को अवस्थामा आयो।

७८ औं मिनेटमा धनगढी १० खेलाडीमा सीमित भयो। धनगढीका डिफेन्डर रिचर्ड ओसेले दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडे। यसको बाबजुद खेलको अतिरिक्त समयमा धनगढीले १ गोल फर्कायो र, खेल ३–२ को अन्तरमा झारे पनि त्यो जितको लागि पर्याप्त भएन ।

अनन्त बने सर्वोत्कृष्ट खेलाडी

ललितपुर सिटीका कप्तान अनन्त तामाङ एनएसएल २ को सर्वोत्कृष्ट खेलाडी घोषित भए । ललितपुरले उपाधि जित्दा उत्कृष्ट प्रदर्शन गरेका अनन्त सर्वोत्कृष्ट खेलाडी बन्दै २ लाख रुपैयाँ हात पारे ।

ललितपुरकै जेफ बाल्टुस एनएसएलको उत्कृष्ट गोलरक्षक बने । धनगढी एफसीका रोहन कार्की उदियमान खेलाडी बन्दा इमोह एजेकेल ६ गोलसहित सर्वाधिक गोलकर्ता बने । तीनै खेलाडीले १(१ लाख पाए । वीरगन्ज युनाइटेडले फेयर प्ले उपाधि पायो ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.