Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. उपचार नपाएर कोही मर्नु पर्दैन–स्वास्थ्यमन्त्री बस्नेत
 उपचार नपाएर कोही मर्नु पर्दैन–स्वास्थ्यमन्त्री बस्नेत
समाचार समाज

उपचार नपाएर कोही मर्नु पर्दैन–स्वास्थ्यमन्त्री बस्नेत

by वरकाेबाेट संवाददाता January 14, 2024

बाह्रविसेकाे १४ औँ नगरसभा

बाह्रविसे–स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आर्थिक अभाव र गरिबीका कारण अब उपचार पाएर कोही नागरिक नमर्ने दाबी गरेका छन् ।

गृहनगर बाह्रविसे नगरपालिकाको १४ औँ नगरसभाको आइतबार उद्घाटन गर्दै उनले भने, ‘त्यस्ता नागरिकको जिम्मेवारी सरकारले लिन्छ ।’ सिन्धुपाल्चोकका गरिब नागरिकको समेत वडाध्यक्षको सिफारिसमा निशुल्क उपचार भइरहेको मन्त्री बस्नेतले बताए ।

देशभरका अस्पतालको स्तरबृद्धि गर्ने काम भइरहेको उल्लेख गर्दै उनले बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्र नगर अस्पतालमा स्तरबृद्धि भएको जानकारी दिए ।

सिन्धुपाल्चोकको विकासमा नेतृत्वदायी अगुवाइ गर्दै आएको दाबी गर्दै मन्त्री बस्नेतले क्षेत्र नं. १ को विकासको जिम्मेवारी पनि आफ्नै काँधमा रहेको तर्क गरे ।

नगर प्रमुख बालकृष्ण बस्नेतले समृद्ध बाह्रविसेको सपना यथार्थमा परिणत गर्न आफूहरुले काम गरिरहेको भनाइ राखे ।

नगरभित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षालाई निशुल्क बनाइ सकेकको जनाउँदै आफ्ना बालबालिकाको शिक्षाका लागि शरीरको सुन बिक्री गर्नु पर्ने आमाहरुको बाध्यता हटाएको जनाए ।

आफूहरुले २०८४ को चुनावलाई लक्षित नगरी आफ्नो कार्यकालभित्र २०७९ को निर्वाचनमा गरेको बाचालाई पूरा गर्ने मिसन बनाएको प्रमुख सापकोटाले धारणा राखे ।

नगर सभाले चालु वर्षको आर्थिक, बजेट लगायत विभिन्न विधेयककका संशोधन प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.