Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. सिन्धुका व्यवसायीको चुनाव : कसले कुन पदमा दिए उम्मेदवारी ? (सूचीसहित)
 सिन्धुका व्यवसायीको चुनाव : कसले कुन पदमा दिए उम्मेदवारी ? (सूचीसहित)
अर्थ समाचार

सिन्धुका व्यवसायीको चुनाव : कसले कुन पदमा दिए उम्मेदवारी ? (सूचीसहित)

by वरकाेबाेट संवाददाता March 18, 2024

ढबाह्रविसे-सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अध्यक्षसहित विभिन्न १० पदमा ४६ जनाको उम्मेदवारी परेको छ । संघको शक्तिशाली महासचिवसहित विभिन्न पाँच पदमा ६ जना भने निर्विरोध निर्वाचित भएका छन् ।

संघको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । व्यवसायी बुद्धराज बस्नेत, शम्भु तिमिल्सिना र सुमन खत्रीले अध्यक्षमा उम्मेदवारी दर्ता गराए । एक वरिष्ठ उपाध्यक्षका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् । उमेश प्रधान, विदुरप्रसाद पराजुली र सूर्यबहादुर कार्की वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रथम उपाध्यक्षमा भेषबहादुर बस्नेत (राजेन्द्र) निर्विरोध भएका छन् । एक द्धितीय उपाध्यक्षको लागि इन्द्रबहादुर राउत र राजेश श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

तृतीय उपाध्यक्षमा विचारी पराजुली र महासचिवमा इश्वर गुभाजू निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सचिवमा तीर्थराज पौडेल र मोहनभक्त श्रेष्ठले उम्मेदवारी दिँदा सहकोषाध्यक्षमा उद्धव पौडेल निर्विरोध भएका छन् ।

सदस्यमा महिलार्फ कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । खुल्ला १५ सदस्यका लागि ३० जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार संघको बाह्रविसेस्थित मुख्य कार्यालयमा सोमबार उम्मेदवार मनोनयन दर्ता गरिएको हो । चैत ९ र १० गते बाह्रविसेमै संघको ११ औँ जिल्ला अधिवेशन हुँदै छ ।

हेर्नुहोस् उम्मेदवार सूची :

सम्वन्धित समाचार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ : नयाँ नेतृत्वको लागि उम्मेदवारी सुरु

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.