Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. सिन्धुपाल्चोक लिगः जंगेकाे ह्याट्रिकमा चौतारा स्पोर्टिङ सेमिफाइनलमा
 सिन्धुपाल्चोक लिगः जंगेकाे ह्याट्रिकमा चौतारा स्पोर्टिङ सेमिफाइनलमा
खेल समाचार

सिन्धुपाल्चोक लिगः जंगेकाे ह्याट्रिकमा चौतारा स्पोर्टिङ सेमिफाइनलमा

by वरकाेबाेट संवाददाता April 28, 2024

लामोसाँघु-विशालजंग रायमाझी (जंगे)को ह्याट्रिकप्रेरित चौतारा स्पोर्टिङ क्लब सिन्धुपाल्चोक जिल्ला लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा आइतबार चौताराले न्यु जेनेरेसन क्लबलाई ५-० पराजित गर्यो ।

चौतारालाई जित दिलाउन विशालले ह्याट्रिक पूरा गर्दा भीमबहादुर गुरुङ र टिकाराम लोप्चनको नाममा समान एक गोल रह्यो।

खेलको छैटौँ मिनेटमा नै विशालको गोलमार्फत चौताराले अग्रता लियो । २१औं मिनेटमा उनैले टोलीको अग्रता दोब्बर बनाए ।

भीमले ६२औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे ।  तीन मिनेटपछि नै  मिनेटपछि नै टिकारामले गोल गर्दै चौताराको अग्रता ४-० मा पुर्याए ।

इन्जुरी समयमा विशालले ह्याट्रिक पूरा गर्दा चौतारा ५-० ले विजयी भयो। जितसँगै समूह ‘ए’ मा चौताराले दुई खेलबाट ६ अंक जोड्यो।

चौताराले पहिलो खेलमा साँगाचोक युथ क्लबलाई ४-२ ले पराजित गरेको थियो।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.