Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. एनएसएल : अन्तिम खेलमा चितवनले जित्दा झापा सङ्कटमा
 एनएसएल : अन्तिम खेलमा चितवनले जित्दा झापा सङ्कटमा
खेल

एनएसएल : अन्तिम खेलमा चितवनले जित्दा झापा सङ्कटमा

by वरकाेबाेट संवाददाता December 22, 2023

काठमाडाैँ-नेपाल सुपर लिग एनएसएल फुटबलमा चितवन एफसीसँग २-० ले पराजित हुँदै झापा एफसी स्तब्ध भएको छ ।

चितवन एफसीका रफिक अमिनुले २ गोल गरेपछि दशरथ रंगशालामा झापा स्तब्ध भएको हो । यो खेल जितेको भए झापाको प्ले अफमा स्वत छनोट हुने थियो । जितले उसको दोस्रो हुने समीकरण समेत बन्ने थियो ।

तर यो हारले झापाको प्ले अफ संकटमा परेको छ । झापा सबै ८ खेल खेलिसक्दा तालिकाको चौथो स्थानमै कामय छ । तर उसलाई काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेडले पछि पार्ने गणितीय समीकरण छ ।

झापाका अन्जन विष्टले ८२औं मिनेटमा हानेको पेनाल्टी चितवनका किपर विशाल श्रेष्ठले बचाएका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.