राष्ट्रिय फुटबलबाट गोलरक्षक विशालकाे सन्यास
काठमाडाैँ-नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक विशाल श्रेष्ठले संन्यास घोषणा गरेका छन्।
चितवन एफसीका गोलरक्षकसमेत रहेका विशालले नेपाल सुपर लिगको अन्तिम खेलपछि शुक्रबार सन्यास घाेषणा गरेका हुन्।
‘१० वर्ष खेलिसकियो। अब नयाँ पुस्ता पनि आयो,’ आज झापा एफसीविरुद्धको खेलमा प्लेयर अफ द म्याच चुनिएका विशालले भने, ‘यो गलत समय होला तर मैले अवकाश लिइसकेँ। राष्ट्रिय टोलीबाट खेल्न पाएकामा सधैँ खुशी छु।’
राष्ट्रिय टोलीमा परेको १० वर्षमा विशालले सन् २०२१ मा राष्ट्रिय टिमका तर्फबाट डेब्यु गरेका थिए। उनले क्लब फुटबललाई भने निरन्तरता दिने बताए।