डिआइजी केसीको सम्बन्धको दोबाटो नामक कथासंग्रह सार्वजनिक
कर्तव्यपालनासँगै साहित्य सिर्जनामा रमाउने डिआइजी केसीले सिन्धुपाल्चोकको प्रथम एसपीको रुपमा सफल कार्यकाल बिताएका थिए । २०७४ को तीनवटै निर्वाचन उनकै कुशल कमाण्डिङमा सफलतापूर्वक सम्पन्न भएका थिए । उनले प्रहरी संगठनभित्र जिल्लामा थालनी गरेका कतिपय कामको अहिले पनि प्रशंसा हुने गरेको छ ।
चाैतारा–नेपाल प्रहरीका डिआइजी रविन्द्र केसीको सम्बन्धको दोबाटो नामक कथासंग्रह सार्वजनिक भएको छ । आमसञ्चार माध्यममा आफ्ना कृति प्रकाशित गरिरहने सर्जक केसीको यो पहिलो कृति हो ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शनिबार काठमाडाैँकाे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित समारोहबीच उक्त कथासंग्रह विमोचन गरेका गरे। डिआइजी केसी कर्तव्यपालनाको क्रममा दैनिन्दिन घट्ने घटनालाई साहित्यिक रंग भर्न खप्पिस मानिन्छन् । त्यसैले उनका सिर्जना बास्तविक घटनामा आधारित हुन्छन् ।
सम्बन्धको दोबाटाे लोकार्पणपछि सम्बोधन गर्दै आइजिपी कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा संवर्द्धन गर्ने क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताए ।
उनले नागरिक सेवामा खटिँदा देखेर भोगेका विषयलाई समाजको दर्पणको रूपमा डिआइजी केसी लगायत सर्जकले लिपिबद्ध गरी भरपुर सुगन्ध पस्केको उल्लेख गरे।
उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरू धुर्वचन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्य कर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गरे।
सर्जक तथा पत्रकार राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गरेका थिए।
कर्तव्यपालनासँगै साहित्य सिर्जनामा रमाउने डिआइजी केसीले सिन्धुपाल्चोकको प्रथम एसपीको रुपमा सफल कार्यकाल बिताएका थिए । २०७४ को तीनवटै निर्वाचन उनकै कुशल कमाण्डिङमा सफलतापूर्वक सम्पन्न भएका थिए । उनले प्रहरी संगठनभित्र जिल्लामा थालनी गरेका कतिपय कामको अहिले पनि प्रशंसा हुने गरेको छ ।