Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाज
  3. सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण सम्पन्न
 सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण सम्पन्न
समाज स्वास्थ्य​

सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण सम्पन्न

by वरकाेबाेट संवाददाता December 29, 2023

भीमटार-सिन्धु स्वास्थ्य परियोजनाको सामाजिक परीक्षण शुक्रबार भीमटारमा सम्पन्न भएको छ ।

महिला आत्मनिर्भरता केन्द्र र फेयरमेडको संयूक्त साझेदारीमा स्थानीय तहहरुसँगको समन्वयमा यो कार्यक्रम डेढ वर्षदेखि सञ्चालित छ ।

मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकामा सञ्चालित कार्यक्रमको सामाजिक परीक्षण भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले पालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको बताए । महिला आत्मनिर्भरता केन्द्र तथा फेयरमेडले स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै उनले ती संस्थाको प्रशंसा गरे। उनले संघसंस्थालाई काम गर्न सहज बातावरण सिर्जना गर्ने प्रतिबद्धतासमेत जनाए ।

सामाजिक परीक्षण सहजकर्ता डम्बर रसिक भारतीले परियोजनअन्तर्गत बीस महिनाको अवधिमा भए गरेका कामकासाथै समुदायको अपेक्षा समेटिएको प्रतिवेदन गरेका थिए। स्वास्थ्य क्षेत्रमा रहेका असमान खाडलहरुलाई पुर्दै, स्वास्थ्य संस्थाहरुलाई सबलीकरण गरेर तोकिएका सीमान्तकृत समुदायलाई आधारभूत स्वाथ्यमा पहूँच बढाउने लक्ष्य यो परियोजनाले बोकेअनुसार संस्था आफ्नो लक्ष्यमा पुग्न सकेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नं. १२ का वडाध्यक्ष सुरेन्द्र दनुवारले संस्थाले राम्रो काम गरिरहेको भन्दैभीमटार स्वास्थ्य चौकीले ल्याब सञ्चालनको उद्देश्य राखेकाले त्यसमा सहयोगको अपेक्षा गरे।

महिला आत्मनिर्भरता केन्द्रकी अध्यक्ष सञ्चमाया स्याङ्बोले समुदायको अपेक्षा पूरा गर्नका लागि अन्य सहयोगी संस्थासँग हातेमालो गरेर भए पनि प्रयास गरिने बताइन् ।

बाह्रबिसे नगरपालिका, सुनकोसीस् र बलेफी गाउँपालिकामा सञ्चालित कार्यक्रमको सामाजिक परीक्षण बिहीबार सुनकोशी गाउँपालिका कार्यालयमा सम्पन्न भएको संस्थाका कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङले जनाए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.