Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. चाैतारा अस्पताल पुनर्निर्माण अन्तिम चरणमा
 चाैतारा अस्पताल पुनर्निर्माण अन्तिम चरणमा
समाचार समाज स्वास्थ्य​

चाैतारा अस्पताल पुनर्निर्माण अन्तिम चरणमा

by कमला पाख्रिन January 4, 2024

चाैतारा-सिन्धुपाल्चोकको चौतारा अस्पतालको नयाँ भवन निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरूप चिनियाँ अनुदानमा बनिरहेको ५० शैया क्षमताको प्रादेशिक अस्पतालको तीन तले भवनको ९० प्रतिशत काम सकिएको चिनियाँ ठेकेदार कम्पनी हवेई कन्स्ट्रक्सन ग्रूपले जनाएकाके छ ।

अहिले ओपिडी र शल्यक्रियाका अत्याधुनिक उपकरण जडान गर्ने काम धम्माधम भइरहेको छ ।

अस्पताल निर्माणका लागि बालुवा, गिटी र सिमेन्टबाहेक कामदारसहित फलाम, स्टिल र काठजन्य सबै सामग्री चीनबाटै ल्याइएर निर्माण भएको हो ।

शारीरिक अशक्तलाई हिँड्न ओरालो बाटो (–याम्प), लिप्ट सिस्टम र अत्याधुनिक उपकरण जडान गरिने ठेकेदार कम्पनीले जनाएकाे छ ।

तीनवटा कन्सल्टिङ रुम, इमर्जेन्सी र ओपिडी गरी तीनवटा रुम, फार्मेसी, काउण्टर, रिसेप्सन, तीनवटा नर्स स्टेसन, अपरेटिङ कक्ष तीन, पाँचवटा ल्याब, पाँचवटा उपचार कक्ष, किचेन, क्यान्टिन दुईवटा रुम, शिशु आहार रुम, बहुकार्य कक्ष, लाइबेरी निर्माण भई सामाग्री ल्याउने तयारीमा रहेको चिनियाँ कर्पाेरणसनका प्रतिनिधि मिस्टर लिउबोले जानकारी दिए ।

`अबकाे दुई महिना भित्र निर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने हवेई कन्स्ट्रक्सन ग्रूपको योजना छ,´ चिनियाँ इन्जिनियर गुओ बाओचिङले भने।

अस्पताल भवन निर्माणपछि शल्यक्रिया र जटिल प्रकारका रोगको उपचार सेवा जिल्लामै पहिलो पटक सूरु हुने चौतारा अस्प्तालका मेडिकल सुपरिटेन्डेन्ट जनरल सर्जन डा.गगन अधिकारीले बताए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.