मेलम्चीको दुप्चेश्वरमा झाँक्री सम्मेलन (फोटोफिचर)
मेलम्ची- मेलम्ची नगरपालिका वडा न.९, स्थित दुप्चेश्वर सात धारा महादेव मन्दिरमा मकर संक्रान्तिकाे अवसरमा बाेम्बाे (झाँक्री ) सम्मेलन आयाेजना भएकाे छ।
हरेक वर्ष माघे संक्रान्तिकाे दिन मेला लाग्ने मन्दिरमा झाँक्री सम्मेलन गरिएकाे हाे ।

सम्मेलनमा नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ नेतृत्व टाेली, मनाेत्र झाँक्री नेतृत्व टाेली, छिमेकी पालिका र नगरका विभिन्न वडाका साथै स्थानीय झाँक्रीहरुकाे उल्लेख्य सहभागिता थियाे । नगर प्रमुख तामाङ स्वयं बाेम्बाेकाे रुपमा सम्मेलनमा सहभागी थिए। कार्यक्रमलाई मनाेरञ्जनात्मक बनाउन लाेक तथा सेलाे गायक गायिका तथा खैजडी भवन टाेलीले आफ्नो प्रस्तुति प्रश्तुत गरेका थिए ।

मेलम्ची नगर प्रमुख आइतमान तामाङकाे प्रमुख आतिथ्यतामा बाेम्बाे (झाँक्री ) सम्मेलन आयाेजना भएकाे हाे ।
कपिल मुनिले तपस्या गरेकाे भस्मे जंगलमा रहेकाे मन्दिर परिसरमा परापूर्व कालदेखि लाग्ने मेलालाई व्यवस्थित बनाउन यस वर्ष मन्दिर संरक्षण तथा व्यवस्थापन समितिकाे अगुवाइमा सम्मेलनकाे रुपमा मनाईएकाे वडा अध्यक्ष किरण दिप खड्काले जानकारी दिए ।



