Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. प्रथम प्रविण घले स्मृति कप–ट्राइबेकरमा रोयलका गोलकिपर सिलवाल चम्कँदा उपाधि कब्जा
 प्रथम प्रविण घले स्मृति कप–ट्राइबेकरमा रोयलका गोलकिपर सिलवाल चम्कँदा उपाधि कब्जा
खेल समाचार

प्रथम प्रविण घले स्मृति कप–ट्राइबेकरमा रोयलका गोलकिपर सिलवाल चम्कँदा उपाधि कब्जा

by वरकाेबाेट संवाददाता January 15, 2024

चौतारा – सातादेखि सिन्धुपाल्चोकको चौतारामा चलेको प्रथम प्रविण घले स्मृति कप ७ए साइड फुटबल प्रतियोगिताको उपाधि रोयल फेमिली क्लब चौताराले जितेको छ । बाह्रदेवी युवा क्लब बाह्रविसेलाई ३–२ गोलले स्तब्ध पार्दै घरेलु क्लब चौतारा उपाधि हात पारेको हो ।

सदरमुकाम चौतारास्थित मिनी रंगशालामा आइतबार सम्पन्न फाइनल खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा रोयलका गोलकिपर नवीन सिलवाल चल्दा उपाधि हात पारेको हो । उनले बाह्रदेवीका तीन खेलाडीको प्रहार रोके । उनले राष्टिय टोलीका सदस्य सुरजज्यू ठकुरीसहितका पेनाल्टीलाई विफल तुल्याएपछि टोलीलाई उपाधि दिलाउन सफल भए ।

उपाधिसँगै बिजेता रोयल फेमिलीले नगद १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ हात पारेको छ । उपबिजेता बाह्रदेवीले नगद ७५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कारमा चित्त बुझायो ।

यसअघि निर्धारित समयको खेलमा पनि सिलवालले विपक्षीका केही उत्कृष्ट प्रहार शानदार बचाउ गरेर टोलीको संकट टारेका थिए । प्रतिस्पर्धात्मक खेलमा उत्कृष्ट प्रदर्शन गरेर पनि बनाएका अवसरमा चुक्दा बाह्रदेवी पेनाल्टीमा स्तब्ध बन्न पुग्यो ।

फाइनलमा म्यान अफ द म्याच प्रदर्शन गरेका रोयल फेमिलीकै सिलवाल प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए । रोयलकै सुनिल गोले उत्कृष्ट खेलाडी, शतिष सुवाल उत्कृष्ट डिफेन्डर चुनिँदा बाह्रदेवीका सुरजज्यू ठकुरी उत्कृष्ट मिडफिल्डर घोषित भए ।

मेलचौर युवा जागरण समाजका सुरज लामा प्रतियोगिताकै सर्वाधिक गोलकर्ता बने । क्वाटर फाइनलबाट बाहिरिए पनि उनले प्रतियोगितामा तीन गोल गरेका थिए । उत्कृष्ट खेलाडीले ट्रफीका साथ जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

बागमती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री युवराज दुलालले विजयी टोली तथा खेलाडीहरुलाई ट्रफी, शिल्ड, मेडललगायत नगद पुरस्कार बितरण गरे ।
घले ल्होसारको अवसरमा लिल फङ (घले समाज) सिन्धुपाल्चोकको आयोजनामा साता चलेको प्रतियोगितामा शीर्ष लिग र स्थानीय खेलाडी मिश्रित विभिन्न १६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

लिल ल्होसारको अवसरमा आयोजित प्रतियोगिताको फाइनल खेलअघि स्थानीय घलेगाउँबाट र्याली टुँडिखेल पुगेको थियो । आफ्नो संस्कृति झल्कने पोसाकसहित घले समुदाय टुँडिखेल पुगो हुन् ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.