Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. पेट्रोल र डिजेलको मूल्य घट्यो
समाचार

पेट्रोल र डिजेलको मूल्य घट्यो

by वरकाेबाेट संवाददाता March 15, 2024

काठमाडौं–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ घटाएको हो ।

इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आए पछि निगमले शुक्रबार मूल्य समायोजन गरेको हो ।

मूल्य घटे पछि काठमाडौंमा पेट्रोल लिटरको १ सय ७१ रुपैयाँ , डिजेल र मट्टितेलको मूल्य लिटरको १ सय ५८ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

घटेको मूल्य शुक्रबार राती १२ बजेबाट कार्यान्वयनमा आउने निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मुल्य भने यथावत रहेको छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.