Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ : महासचिवमा इश्वर गुभाजू निर्विरोध
 सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ : महासचिवमा इश्वर गुभाजू निर्विरोध
अर्थ समाचार

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ : महासचिवमा इश्वर गुभाजू निर्विरोध

by वरकाेबाेट संवाददाता March 18, 2024

बाह्रविसे–सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको महासचिवमा व्यवसायी इश्वर गुभाजू निर्विरोध निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वको लागि यसै साता हुन गइरहेको ११ औँ अधिवेशनअन्तर्गत सोमबार मनोनयन दर्ता गराइएकोमा शक्तिशाली महासचिवमा गुभाजूको एकल उम्मेदवारी परेको हो । महासचिवसहित विभिन्न पाँच पदमा ६ जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सिन्धुका व्यवसायीको चुनाव : कसले कुन पदमा दिए उम्मेदवारी ? (सूचीसहित)

प्रथम उपाध्यक्षमा भेषबहादुर बस्नेत (राजेन्द्र) निर्विरोध भएका छन् । तृतीय उपाध्यक्षमा विचारी पराजुली र सहकोषाध्यक्षमा उद्धव पौडेल निर्विरोध भएका छन् । सदस्यमा महिलार्फ कल्याणी घिसिङ र चमेली श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

संघको नयाँ नेतृत्वका लागि अध्यक्षसहित विभिन्न १० पदमा ४६ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा व्यवसायी बुद्धराज बस्नेत, शम्भु तिमिल्सिना र सुमन खत्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

चैत ९ र १० गते बाह्रविसेमा संघको ११ औँ जिल्ला अधिवेशन हुँदै छ ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ : नयाँ नेतृत्वको लागि उम्मेदवारी सुरु

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.