Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. हलोदेखि हाइड्रोसम्मका व्यवसायीको हितका लागि मेरो उम्मेदवारी : बस्नेत
 हलोदेखि हाइड्रोसम्मका व्यवसायीको हितका लागि मेरो उम्मेदवारी : बस्नेत
अर्थ प्रश्नोत्तर समाचार

हलोदेखि हाइड्रोसम्मका व्यवसायीको हितका लागि मेरो उम्मेदवारी : बस्नेत

by वरकाेबाेट संवाददाता March 21, 2024

चैत ९ र १० गते बाह्रबिसेमा हुन लागेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११ औं अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी हुन् बुद्धराज बस्नेत । विगतमा संघको विभिन्न भूमिका निर्वाह गरिसकेका बस्नेत यस पटक स्थानीय उद्योगलाई बढावा दिंदै जिल्लाको अर्थतन्त्र बलियो बनाउन आफूले उम्मेदवारी दिन लागेको बताउँछन् । २०५५ सालबाट व्यवसायमा हात हालेका बस्नेत २०६४ सालबाट संघको कार्यसमितिमा रहेर काम गरेका थिए । २०६७ सालको अधिवेशनबाट द्वितिय उपाध्यक्ष भएका बस्नेत हाल संघको सल्लाहकार समितिको सहसभापति छन् । विगतमा व्यावसायीहरुको हितमा आफूले गरेको काम नै आफ्नो जितको आधार भएको बस्नेतले बताए । प्रस्तुत छ, मतदाताहरुसँग भेटघाटमा व्यस्त बस्नेतसँग अधिवेशनको पूर्वसन्ध्यामा बरकोबोट डटकमले गरेको कुराकानी :

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । संघको नेतृत्वमा व्यवसायीहरुले तपाईंलाई किन मत दिने ?

विशेषगरी संघलाई सबै व्यवसायीहरुको संस्था बनाउँदै जिल्लाको अर्थतन्त्रलाई चलायमान र मजबुत बनाउनका लागि मेरो उम्मेदवारी हो ।

स्वभाविक रुपमा उद्योग वाणिज्य संघ व्यवसायीहरुको हकहितको लागि क्रियाशील संस्था हो । मैले विगतमा व्यवसायीहरुको हकहितमा निर्वाह गरेको भूमिकाका कारण मतदाताहरुले मलाई मतदान गर्नु हुनेछ भन्ने विश्वास छ । म पदीय हैसियतमा रहँदा पनि र जिम्मेवारी बाहिर रहँदा पनि व्यवसायीकोे हितमा काम गरेको छु ।

फेरि संघलाई चुस्त र व्यावसायीहरुको हकहितमा काम गर्ने गरी अघि बढाउन पनि मैले अध्यक्षमा उम्मेदवारी दिएको हुँ । विशेषगरी संघलाई सबै व्यवसायीहरुको संस्था बनाउँदै जिल्लाको अर्थतन्त्रलाई चलायमान र मजबुत बनाउनका लागि मेरो उम्मेदवारी हो ।

अहिले संघ बजार क्षेत्रहरुमा मात्र सीमित भएको अबस्था छ । म निर्वाचित भएँ भने जिल्ला भरका सबै ठाउँ र क्षेत्रका व्यवसायीलाई संघसँग जोडेर लाने छु । र, संघलाई आर्थिक क्षेत्रको मात्र नभएर समग्र जिल्लाको नागरिक संस्थाको रुपमा विकास गर्नेछु ।

संघ ठूला र नाकाका व्यावसायीहरुको मात्र संस्था भयो भन्ने गुनासो छ । तपाईं निर्वाचित हुनुभयो भने यसलाई कसरी अघि बढाउनुहुन्छ ?

स्वभाविक रुपमा नाकासँग सम्बन्धित धेरै साथीहरु संघको सदस्य हुनुहुन्छ । यद्यपि यो संघ समग्र जिल्लाका व्यावसायीहरुको हकहितका लागि क्रियाशील हुनुपर्छ । म यसक्रममा साथीहरुसँग भेटघाट गर्न मेलम्ची, चौतारा लगायतका विभिन्न ठाउँमा पुगें । केही साथीहरुले यो गुनासो गर्नुभएको हो । त्यसैले म संघको अध्यक्ष निर्वाचित भएँ भने साना तथा मझौला व्यावसायीहरुलाई प्रवद्र्धन गर्ने कार्यक्रम बनाउँछु ।

स्थानीय उद्योगहरुको सम्वद्र्धन गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्ने प्रयास गर्ने छु । अहिले संघ बजार क्षेत्रहरुमा मात्र सीमित भएको अबस्था छ । म निर्वाचित भएँ भने जिल्ला भरका सबै ठाउँ र क्षेत्रका व्यवसायीलाई संघसँग जोडेर लाने छु । र, संघलाई आर्थिक क्षेत्रको मात्र नभएर समग्र जिल्लाको नागरिक संस्थाको रुपमा विकास गर्नेछु ।

विशेष गरी कृषि क्षेत्रलाई अलि उपेक्षा गरेको हो कि भन्ने देखिन्छ । कृषि क्षेत्रको विकास बिना समग्र देशको समृद्धि सम्भव छैन । म अध्यक्षमा निर्वाचित भएँ भने निर्वाहमुखि कृषि व्यवसायलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा अघि बढाउन प्राथमिकता दिनेछु ।

व्यवसाय भन्नासाथ खरिद, बिक्री मात्र हो भन्ने धारणा संघको नेतृत्वमा पाइन्छ, यस सम्बन्धमा तपाईंको फरक सोच के छ ?

विशेष गरी कृषि क्षेत्रलाई अलि उपेक्षा गरेको हो कि भन्ने देखिन्छ । कृषि क्षेत्रको विकास बिना समग्र देशको समृद्धि सम्भव छैन । म अध्यक्षमा निर्वाचित भएँ भने निर्वाहमुखि कृषि व्यवसायलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा अघि बढाउन प्राथमिकता दिनेछु । साथै घरेलु उद्योगको बिस्तार र बजारीकरणलाई जोड दिनेछु ।

कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुका साथै समृद्ध जिल्ला निर्माण गर्नका लागि आबश्यक पहल गर्नेछु । साना र मझौला व्यवसायीलाई सहुलियतमा ऋण उपलव्ध गराउन बैंक तथा बित्तीय क्षेत्रसँग समन्वय गरेर सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण सिर्जना गर्नेछु । मेरो मुख्य प्रतिवद्धता भनेकै हलोदेखि हाइड्रोसम्मका व्यवसायीलाई सँगै लिएर हिंड्ने नै हो ।

सबै प्रकारका व्यावसायीलाई उत्तिकै प्राथमिकताका साथ उहाँहरुको हक हितमा निरन्तर लागिपर्ने छु । कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर रोजगारी सिर्जना गर्नुका साथै समृद्ध जिल्ला निर्माण गर्नका लागि आबश्यक पहल गर्नेछु । साना र मझौला व्यवसायीलाई सहुलियतमा ऋण उपलव्ध गराउन बैंक तथा बित्तीय क्षेत्रसँग समन्वय गरेर सहज रुपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातावरण सिर्जना गर्नेछु । मेरो मुख्य प्रतिवद्धता भनेकै हलोदेखि हाइड्रोसम्मका व्यवसायीलाई सँगै लिएर हिंड्ने नै हो ।

लामो समयदेखि तातोपानी नाका सहज रुपमा सञ्चालन हुन सकेको छैन । नाकामा आश्रित साना व्यावसायी बिस्थापित भएका छन् । उनीहरुलाई पुनः आफ्नै ठाउँमा फर्काउन यहाँको भूमिका के हुनेछ ?

लामो प्रयासपछि तातोपानी नाका सञ्चालनमा आएको छ । अब यसलाई साना व्यवसायीको पहुँचमा पु¥याउन सम्बन्धित पक्षसँग छलफल गरेर दिर्घकालीन रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न पहल गर्नेछु । सबै व्यवसायीलाई सहज रुपमा व्यापार गर्ने वातावरण निर्माण गर्न म नेतृत्व लिनेछु ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.