सिन्धुपाल्चाेक उद्याेग वाणिज्य संघकाे अधिवेशन सुरू
बाह्रविसे-सिन्धुपाल्चाेक उद्याेग वाणिज्य संघकाे २८ औँ साधरणसभा तथा ११ औँ अधिवेशन शुक्रबार बाह्रविसेमा सुरू भएकाे छ ।
अधिवेशनकाे पूर्वस्वास्थ्यमन्त्री माेहनबहादुर बस्नेतले उद्घाटन गरे । नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशन शनिवारसम्म चल्ने छ ।
साधारणसभा अन्तर्गत शुक्रबार उद्घाटन र बन्दसत्र हुनेछ । शनिवार नयाँ कार्यसमिति चयनकाे लागि मतदान हुनेछ । झण्डै २ हजार ५ सय प्रतिनिधिले मतदानमा भाग लिने छन् ।
नेतृत्वकाे लागि व्यवसायीहरू बुद्धराज बस्नेत, शम्भु तिमिल्सना र सुमन खत्री प्रतिस्पर्धामा छन् ।
संघको नयाँ नेतृत्वका लागि अध्यक्षसहित विभिन्न नाै पदमा ४५ जनाको उम्मेदवारी परेको छ । केही पदाधिकारीसहित सात जना निर्विराेध भएका छन् ।
अध्यक्षका आकांक्षी आफ्नाे जित सुनिश्चत बनाउन प्यानल गठनकाे अन्तिम कसरतमा छन् ।