Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी अन्तिम चरणमा
 १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी अन्तिम चरणमा
अर्थ वरकाेबाेट विशेष समाचार समाज

१०२ मेगावाट क्षमताको मध्यभोटेकोसी अन्तिम चरणमा

by युवराज पुरी September 27, 2024

आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ।

चौतारा–सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका र बाह्रविसे नगरपालिकामा निर्माणाधीन १ सय २ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा बनिरहेको यो आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्ने गरी अन्तिम चरणका काम भइरहेका हुन्।

बाह्रबिसे नगरपालिका–५ स्थित आयोजनाको विद्युत्‌गृहको स्विचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब ४ किलोमिटर प्रसारण लाइनमध्ये २ किलोमिटर लाइन निर्माणमा स्थानीयसँग सहमति जुटेपछि अहिले तार तान्ने काम भइरहेको छ। २ सय २० केभी सिंगल सर्किट प्रसारण लाइनको तार तान्ने काम दसैँअघि नै सकिने प्राधिकरणले जनाएको छ। गत भदौ १३ मा भएको छलफलमा करिब १४ महिनादेखि अवरुद्ध प्रसारण लाइन निर्माणमा सहमति जुटेको थियो।

बाँधक्षेत्रको निर्माण सकी पानी हालेर परीक्षणसमेत भइसकेको छ। आयोजनाको ७.१२४ मिटर लामो मुख्य सुरुङ निर्माण सकेर गत वर्ष फागुनमा पानी भरी परीक्षण सुरु गरिएको थियो। परीक्षणका क्रममा मुख्य सुरुङको करिब १ हजार ४ सय मिटर खण्डमा पानी चुहिएपछि त्यसको मर्मत र सुधार सम्पन्न गरिएको छ। हाल सुरुङ सफा गर्न थालिएको छ। अबको एक सातामा सुरुङमा पानी भर्न थालिने छ।

विद्युत्‌गृहमा सिभिल निर्माण सम्पन्न भई इलेक्ट्रोमेकानिकल उपकरण जडान एवम् परीक्षण (ड्राई टेस्ट) भइरहेको छ। सुरुङबाट पानी आउनसाथ उपकरणहरूको वेट टेस्ट सुरु हुने छ। बाँकी सम्पूर्ण काम एक महिनाभित्र सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ।

मध्यभोटेकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि सोही विद्युत् प्रयोग गरी प्राधिकरणले निर्माण गरेको बाह्रबिसे सबस्टेसन पनि चार्ज गरिने छ। २२०र१३२ केभीको बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।

मध्यभोटेकोसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरिएको छ। २०० केभी प्रसारण लाइनबाट बाह्रबिसे सबस्टेसनमा पुगेको विद्युत्‌लाई सोही सबस्टेसनमार्फत १३२ केभीमा झारेर १३२ केभी प्रसारण लाइनबाट प्रवाह गरिने छ।

यसका लागि २२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी प्रसारण लाइनलाई बाह्रबिसे सबस्टेसनमा लैजाने काम कम्पनीले अहिले गरिरहेको छ। उक्त कार्य दसैँअगाडि सम्पन्न गर्ने गरी काम भइरहेको छ।

सोही प्रसारण लाइनबाट मध्यभोटेकोसीको विद्युत् लामोसाँघु सबस्टेसन हुँदै राष्ट्रिय प्रणालीमा समाहित गरिने छ। अस्थायी वैकल्पिक व्यवस्था खिम्ती(बाह्रबिसे वा बाह्रबिसे(काठमाडौँ प्रसारण लाइन सम्पन्न नभएसम्म रहने छ। उक्त लाइन सम्पन्न भएपछि सोहीमार्फत विद्युत् प्रवाह हुने छ।

जुरे पहिरो, महाभूकम्प, नेपाल(भारत सीमानाकामा भएको अवरोध, भोटेकोसी नदीमा आएको बाढी, कोभिड(१९ को प्रकोप, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनलगायत कारणले मध्यभोटेकोसीको निर्माण प्रभावित भएको थियो।

आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो। आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक .१६ रुपैयाँ छ। आयोजनाको सुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट (इक्विटी) र ५० प्रतिशत ऋणबाट जुटाइएको छ।

कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीमध्येमा प्राधिकरणको १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडको १, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि।को १, सिन्धु इन्भेस्टमेन्ट कम्पनी प्रा।लि।को १ र सिन्धु भोटेकोसी हाइड्रोपावर लि।को १ प्रतिशत सेयर छ।

४९ प्रतिशत साधारण सेयरधनी समूहमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको १९.५, संस्थापक संगठित संस्थाका कर्मचारीको ३.५,ऋणदाता संस्थाका कर्मचारीको १, सिन्धुपाल्चोकबासीको १० र सर्वसाधारणको १५ प्रतिशत सेयर। कम्पनीले साधारण सेयर निष्कासन गरी रकम संकलन गरिसकेको छ। कम्पनीका साधारण लगानीकर्ता १० लाख ७५ हजार जना छन्।

संस्थापक, कर्मचारी र स्थानिय बासिन्दाहरुको सेयरको लकइन समय कात्तिक ११ गते देखि खुल्ने भएको छ। योसँगै स्थानीय र कर्मचारीहरुले खरिद गरेको सेयर बेच्न मिल्ने छ। आयोजनाबाट वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुनेछ। प्राधिकरणले आयोजनाको विद्युत् हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ। यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ८० करोड रुपैयाँ आम्दानी हुनेछ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.