बाढीपहिरोपछि लण्डन भ्रमण छोडेर प्रभावित क्षेत्रमा सांसद सापकोटा
सांसद सापकोटा आईतबार बिहानै इन्टरनेशनल ग्रोथ सेन्टरद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागी हुन लण्डन जाने तयारीमा थिए। उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै असोज १४ र १५ गतेका लागि तय गरिएको उक्त भ्रमण र आफ्नो सम्बोधन कार्यक्रम रद्द गरेर गृह जिल्ला सिन्धुपाल्चोकमा बाढीपहिरो प्रभावित जनताको उद्धार र राहत कार्यमा सघाउन खटिएको बताएका थिए ।
चौतारा–बाढीपहिरोले जिल्लामा ठूलो क्षती पुर्याएपछि लण्डन भ्रमण रद्द गरेर क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद माधव सापकोटा (सुबोध) प्रभावित क्षेत्रमा खटिएका छन्।
सांसद सापकोटा आईतबार बिहानै इन्टरनेशनल ग्रोथ सेन्टरद्वारा आयोजित शोध तथा नीति सम्मेलनमा सहभागी हुन लण्डन जाने तयारीमा थिए। उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै असोज १४ र १५ गतेका लागि तय गरिएको उक्त भ्रमण र आफ्नो सम्बोधन कार्यक्रम रद्द गरेर गृह जिल्ला सिन्धुपाल्चोकमा बाढीपहिरो प्रभावित जनताको उद्धार र राहत कार्यमा सघाउन खटिएको बताएका थिए ।
उनीसहितको संसदीय प्रतिनिधि मण्डल सोमाबार र मंगलबार लण्डनमा आयोजित सो कार्यक्रममा सहभागी हुने कार्यतालिका एक महिनाअघि नै तय भएको थियो । उनले लण्डनमा माओवादी क्रान्ति र लैङ्गिक समावेशीकरणको प्रावधान विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।
सांसद सापकोटाले अहिले आफ्नो उपस्थिति प्रभावित जनतासँग हुनु अनिवार्य ठानेको बताएका छन् । असोज ११ र १२ को मनसुनजन्य विपत्ति लगत्तै बन्द अरनिको लोकमार्ग खुलाउन भौतिक मन्त्रालय र सडक विभागसँग समन्वय गरेका उनले अबरुद्ध विद्युत र टेलिफोन सेवा खुलाउन पहल लिएका थिए ।
सोमबार अरनिको लोकमार्ग सञ्चालन, नाकामा अलपत्र सामग्रीहरुको समयमै निकासीलगायतका विषयमा नेपाल हिमालय सिमापार वाणिज्य संघको कार्यालयमा छलफल आयोजना गरेर उनले सबै श्रोतसाधन परिचालन गरेर जतिसक्दो चाँडो सडक सुचारु गर्नु पर्नेमा जोड दिएका थिए । छलफलमा बागमती प्रदेश सभा सदस्य अमृता नेपाल, माईली तामाङ, तातोपानी भन्सार प्रमुख कमल भट्टराई, सडक डिभिजन भक्तपुर प्रमुख सुमन योगेश, दोलखा प्रमुख अमित श्रेष्ठ, हिमालय सिमापारका पदाधिकारी एवं सदस्यहरु, नेपाल ट्रक कन्टेनर ढुवानी संघ, उद्योग बाणिज्य संघका महासचिव एवम् सदस्यहरु, सिल्क ट्रान्स्पोर्ट, आडो ट्रान्स्पोर्टलगायत व्यापारिक संघसंस्थाका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।
लगत्तै सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेर सिन्धुपाल्चोकमा बाढीपहिरोले क्षति पुगेको सामग्री तत्काल पठाउन आग्रह गरेका थिए । घिसिङले सुनकोसी शाखाको माग बमोजिमका पोल र कालो तार तत्काल पठाउने प्रतिवद्दता व्यक्त गरेको सापकोटाको सचिवालयले जनाएको छ ।
संसदमा गायक दीप श्रेष्ठको हररात सपनीमा ऐंठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि भन्ने गीतको अंश सुनाउँदै जिल्लाका सडकमार्गको अवस्थाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराएका सांसद सापकोटाले गत भदौ २३ र २४ गते संसदको पूर्वाधार विकास समितिमा रहेका सांसदहरुलाई अरनिको लोकमार्गको दयनीय अवस्था अवलोकन गराएका थिए।