पहिरो प्रभावित जुगलका तेगावासीले पाए राहत
सिन्धुपाल्चोक–हिमाली गाउँपालिका जुगल–३ तेगागाउँका पहिरो प्रभावित पीडितले राहत सामाग्री पाएका छन् ।
हेलिकप्टरबाट तेगा पुगेको सुरक्षा अधिकारीको टोलीले सोमबार राहत वितरण गरेको हो । भारी वर्षापछि भदौ १२ गते गाउँमाथिबाट झरेको पहिरोले तेगागाउँका तीन घरमा बगाएको र दुई घरमा आंशिक क्षति पु¥याएको त्यहाँ पुगेका सुरक्षा अधिकारीले जनाएका छन् ।
पीडित पाँच प्रतिपरिवारलाई २५ हजार रुपैयाँका नगद सहायतासँगै खाद्यन्न र लत्ताकपडा लगायत राहत सामाग्री वितरण गरेको जिल्ला बिपद् व्यवस्थापन समितिले जनाएको छ । उनीहरुले चामल, नुन, तेल, चिनी, स्लिपिङ व्याग, सिरानी, प्लास्टिकको गुन्द्री, ब्ल्याङकेट, बाल्टिन लगायत १६ किसिमका राहत सामाग्री पाएका छन् ।
पहिरोले तेगामा कुनै मानवीय र चौपाया क्षति नभएको र सबै स्थानीय सम्पर्कमा रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए ।
राहत लिएर तेगा पुगेको हेलिकप्टरले गम्भिर बिरामी रहेकी स्थानीय सुत्केरी महिला ३४ वर्षीया शङ्मु शेर्पालाई उद्दार गरी उपचारको लागि चौतारा अस्पताल ल्याएको छ । उनको चौतारा अस्पतालमा उपचार भइरहेको छ ।
तेगा पहिरोको तेस्रो दिनमा प्रमुख जिल्लअ अधिकारी किरण थापाको नेतृत्वमा नेपाली सेनानका कर्णेल, प्रहरी प्रमुख एसपी सन्तोष खड्का सैनिक हेलिकप्टरमा नगद र राहत सामाग्री बोकेर तेगा पुगेका थिए ।
सम्वन्धित समाचार
बाढीपहिरोपछि लण्डन भ्रमण छोडेर प्रभावित क्षेत्रमा सांसद सापकोटा
सिन्धुपाल्चोकमा बाढीपहिरो : मृत्यु हुनेको संख्या नौ पुग्यो, चार बेपत्ता, लार्चा र लिपिङ पुल बगायो
सिन्धुपाल्चोकमा बाढीपहिरो : ६ को मृत्यु, चार बेपत्ता, लार्चा पुल बगायो