Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. पाँचौँ लायन्स कप–कसको भिडन्त कोसँग ? (तालिकासहित)
 पाँचौँ लायन्स कप–कसको भिडन्त कोसँग ? (तालिकासहित)
खेल समाचार

पाँचौँ लायन्स कप–कसको भिडन्त कोसँग ? (तालिकासहित)

by वरकाेबाेट संवाददाता April 28, 2026

सिन्धुपाल्चोक–पाँचौँ संस्करणको लायन्स कप मैत्रीपूर्ण फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

लाइन्स क्लब अफ काठमाडौँ सिन्धु चौतारा सिटीको आयोजनामा बिहीबार र शुक्रबार हुने प्रतियोगिताको खेल तालिका मंगलबार नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालयमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

‘फुटबल फर फेलोशिप–वर्किङ टुगेदर’ भन्ने नारासहित आयोजना गरिएको प्रतयोगिताले खेलकुदमार्फत आपसी सद्भाव, सहकार्य र मित्रता प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा चौतारा र आसपासका विभिन्न १० टोली सहभागी हुनेछन्। प्रतियोगितामा चौतारा भेटेरान्स, कर्मचारी मिलन केन्द्र, चौतारा साँगाचोकगढी नगरपालिका, बाह्रविसे भेटेरान्स, ख्वप इन्जिनियर्स भक्तपुर, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा, भिन्तुना खेलकुद एकेडेमी, सिन्धु इन्जिनियरिङ सोसाइटी तथा नेपाल शिक्षक महासंघ, चौतारा र आयोजकले सहभागिता जनाउने भएका छन्।

प्रतिस्पर्धी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिनेछ। मेलचौरस्थित दरबारडाँडा मैदानमा समूह चरणका खेलहरू शुक्रबार बिहान ९ बजेदेखि सुरु हुने छन्। शुक्रबार बिहान ८–९ बजे सेमिफाइनल खेलहरू हुनेछन् भने फाइनल खेल दिउँसो २ बजे सञ्चालन गरिने तालिका सार्वजनिक गरिएको छ।

स्थानीय खेलकुद विकाससँगै सामाजिक एकता मजबुत बनाउने उद्देश्यले प्रतियोगिता निरन्तर आयोजना गरिँदै आएको आयोजक लाइन्ट चौतारा सिटीका अध्यक्ष रवनि गौतमले जनाए ।

Tags: 1
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.