१४ कात्तिक, सिन्धुपाल्चोक । लगातारको बर्षापछि राजधानीको किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न बनेको छ ।

यो मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा चलिरहेको छ । यहाँ शनिबार दुईवटा खेल हुने तय थियो । काठमाडौँमा लगातार बर्षा भइरहेको छ ।

सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहले पनि कीर्तिपुर मैदान बाहिरबाट पानी पसेर जलमग्न भएको बताए । उनकाअनुसार निर्धारित दुबै खेल हुने सम्भावना छैन ।

शनिबारको पहिलो खेल मध्याह्न साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच हुने तय भएको थियो । यसैगरी, दोस्रो खेल साविक उपविजेता सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबीच अपराह्न ५ बजे हुने कार्यक्रम थियो ।

वर्षाका कारण खेल सम्भव नभएमा दुवै टोलीले एक/एक अंक पाउनेछन् । जारी सिजनको एनपीएलमा हालसम्म ६ खेल सकिएका छन् ।

तस्वीरहरू : रोशन सिंह (क्यान उपाध्यक्ष)

प्रतिक्रिया

सम्बन्धित खवर