काठमाडाैँ । एनएमबी बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब १६ करोड रूपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रूपैयाँको तुलनामा २७.११ प्रतिशतको वृद्धि हो।

यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (इपिएस) पनि २५.४२ प्रतिशतले बढेर २३.८३ रूपैयाँ पुगेको छ।

त्यस्तै, बैंकका सेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रूपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ। कुल कर्जा ८ अर्ब ९ करोड रूपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रूपैयाँ पुगेको छ भने कुल निक्षेप ६ अर्ब ३ करोड रूपैयाँले बढेर ३ खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ।

बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ।

खराब कर्जाको अनुपात अघिल्लो त्रैमासको ४.९७ प्रतिशतबाट घटेर ४.९२ प्रतिशतमा झरेको छ, जसले कर्जाको गुणस्तरमा सुधार आएको देखाउँछ। यसैगरी, बैंकको सञ्चालन नाफा २६.१७ प्रतिशतले बढेर १ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ।

सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९.६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रूपैयाँमा झरेको छ।

बैंकको पुँजी कोष अनुपात १२.५३ प्रतिशत रहेको छ, जसले बैंकको पुँजीगत सुदृढता, वित्तीय स्थायित्व तथा दिगो बैंकिङ अभ्यासप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर