Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. मैत्रीले नगद लाभांश बाँड्ने
 मैत्रीले नगद लाभांश बाँड्ने
अर्थ

मैत्रीले नगद लाभांश बाँड्ने

by वरकाेबाेट संवाददाता October 20, 2023
चालु वर्षमा संस्थाले कूल कारोबार रकम ९ करोड ४५ लाख ६० हजार रुपैयाँ पु¥याएको छ । संस्थाको शेयर पूँजी १ करोड ४३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।  १ करोड ६८ लाख ५८ हजार जगेडा कोष पु¥याएको संस्थाको ५ करोड ७ लाख ४७ हजार रुपैयाँ ऋण लगानीमा छ ।
चाैतारा-चौतारा साँगाचोकगढी नगरपालिका–७ कार्यक्षेत्र भएको मैत्री बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
संस्थाको शनिबार सम्पन्न १४ औँ वार्षिक साधारण सभाले कूल मुनाफाको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले चालु वर्षमा ४९ लाख ३४ हजार २ सय ६४ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
अघिल्लो वर्ष संस्थाले ४१ लाख ८१ हजार रुपैयाँ मुनामा कमाएको थियो । संस्थाका सञ्चालक समिति अध्यक्ष रुपक धितालले अघिल्लो वर्षको तुलनामा चालु वर्षमा १८ प्रतिशत मुनाफा बृद्धि भएको बताए । उनका अनुसार संस्थाले आगामी वर्षमा मुनाफा रकम बृद्धि गरी ५५ लाख रुपैयाँ पु¥याउने लक्ष्य राखेको छ ।
चालु वर्षमा संस्थाले कूल कारोबार रकम ९ करोड ४५ लाख ६० हजार रुपैयाँ पु¥याएको छ । संस्थाको शेयर पूँजी १ करोड ४३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।  १ करोड ६८ लाख ५८ हजार जगेडा कोष पु¥याएको संस्थाको ५ करोड ७ लाख ४७ हजार रुपैयाँ ऋण लगानीमा छ । चालु वर्षमा ऋण असुली दर ११ प्रतिशतले बढेको संस्थाले जनाएको छ । संस्थामा ६ सय ६८ शेयर सदस्य रहेका छन् ।
संस्थाले सामाजिक दायित्व अन्तर्गत सुत्केरी पोषण, सदस्य मृत्यु कोष, असल बचतकर्ता तथा ऋणीलाई प्रोत्साहन, स्थानीय विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई वार्षिक नगद ५ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्ने लगायत कार्यक्रम सञ्चालन गर्दै आएको अध्यक्ष धितालले जानकारी दिए । ‘स्वरोजगारी बृद्धिको लागि आवश्यक कार्यक्रमहरुमा लगानी गर्न क्षेत्र पहिचान गर्ने काम भइरहेको छ,’ शेयर सदस्यलाई बढीभन्दा बढी लाभ दिने बताउँदै उनले भने ।
साधारण सभाले संस्थाको भवन बनाउने उद्देश्यले आवश्यक जग्गा खरिद गर्न सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ । साधरणसभाको संस्थापक अध्यक्ष तथा बागमती प्रदेश सरकारका भौतिक तथा पूर्वाधार विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका थिए । साधारण सभामा उनलाई संस्थाले सम्मानसमेत गरेको थियो ।
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.