Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. २५ देखि ३० हजार स्वास्थ्यकर्मीको दरबन्दी थप्दै छौँ–मन्त्री बस्नेत
 २५ देखि ३० हजार स्वास्थ्यकर्मीको दरबन्दी थप्दै छौँ–मन्त्री बस्नेत
समाचार समाज स्वास्थ्य​

२५ देखि ३० हजार स्वास्थ्यकर्मीको दरबन्दी थप्दै छौँ–मन्त्री बस्नेत

by वरकाेबाेट संवाददाता December 20, 2023

चाैतारा-स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न स्वास्थ्यकर्मीको दरबन्दी बढाउने प्रक्रियाको थालनी गरेको बताएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिका–८ स्थित ईर्खु माविको ६४ औँ वार्षिकोत्सवको मंगलबार उद्घाटन गर्दै उनले स्वास्थ्य क्षेत्रमा फटाफट काम गर्ने बातावरणको निर्माणमा आफू जुटिरहेको बताए ।

२०५४ देखि स्वास्थ्य संस्थामा दरबन्दी बढ्न नसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले भने, ‘तत्काल २५ देखि ३० हजार दरबन्दी बढाउने गरी मन्त्रालयले प्रक्रिया थालिसकेको छ ।’ समयअनुसार स्वास्थ्यकर्मीको दरबन्दी बढ्न नसक्दा गुणस्तरीय सेवा प्रवाहमा बाधा पु¥याइरहेको उनको भनाइ छ ।

गरिबीका कारण आर्थिक अभावमा उपचार नपाएर मर्नुपर्ने बाध्यताको अन्त्य गर्ने गरी स्वास्थ्य क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको अनुभव मन्त्री बस्नेतले सुनाए । ‘अब पनि पैसा नभएर उपचार नपाइ मर्नुपर्ने अवस्था रहनु लज्जाको विषय हो,’ यसलाई अन्त्य गर्ने गरी आफूले काम गर्ने प्रतिवद्धता जनाउँदै उनले भने ।

चिकित्सा शिक्षामा सुधारको आवश्यकता औँल्याउँदै बस्नेतले स्वदेशमै पढ्ने बतावरण बनाउने प्रयास भइरहेको बताए । उनले थपे, ‘चिकित्सा शिक्षा अध्ययनमा अर्बौँ रुपैयाँ विदेशिने गरेको छ । स्वदेशमै पढ्ने बातावरण बनाउन सके यसलाई रोक्न सकिन्छ ।’

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.