अवकास प्राप्त शिक्षकको कृषि मोह : फलफूलबाट लाखौँ कमाई
मेलम्ची-जतिबेला उनी गाउँका शिक्षक थिए, त्यतिबेलै उनले कृषिमा भविश्य देखेका थिए । त्यही भएर शिक्षण पेशाबाट अवकास लिनु दुई वर्षअघि आफ्नो सात रोपनी जमिनमा जुनार र सुन्तला रोपे ।
२०७२ सालमा फलफूल रोपेका उनले २०७४ सालमा ३० वर्षभन्दा बढी काम गरेको शिक्षण पेसाबाट अवकास लिए र, फलफूल खेतीमा एकाग्र भएर लागे । गाउँमा हुनेखाने परिवारमा जन्मिएका र लामो समय शिक्षण पेसा गरेका कृष्णजंग रायमाझीले बारीमा खनिखोस्री गरेको देख्दा गाउँलेले खिसी गर्न थाले । तर, जुनार र सुन्तला फल्न थालेपछि तिनै गाउँले उनको कामको प्रशंसा गर्न थाले । र, भन्न थाले आखिर कृष्णजंगले सही काम सुरु गरेका रहेछन ।
गत वर्ष मात्र आफूले झण्डै १० लाख रुपैयाँको जुनार र सुन्तला बिक्री गरेको उनले जानकारी दिए । झण्डै ८० लाख रुपैयाँ फलफूल खेतीमा लगानी गरेका उनले थप ४० रोपनी जमिनमा कागती रोपेका छन् । गत वर्ष मेलम्ची नगरपालिकाले पाँच लाख रुपैयाँ अनुदान उपलव्ध गराएपछि रायमाझीले शित भण्डार निर्माण गरेका छन् ।
गत वर्ष मात्र आफूले झण्डै १० लाख रुपैयाँको जुनार र सुन्तला बिक्री गरेको उनले जानकारी दिए । ‘घरमै आएर पनि किन्ने गरेका छन्’, उनले भने, ‘मुख्य बजार चाहीँ काठमाडौ नै हो ।’ त्यसो त बगैंचा हेर्न आउने र भेट्न आउने आफन्तलाई पनि उनी रित्तो हात पठाउँदैनन् । हेर्न आउनेहरुले बोटबाटै टिपेर खाने गरेका छन् ।
झण्डै ८० लाख रुपैयाँ फलफूल खेतीमा लगानी गरेका उनले थप ४० रोपनी जमिनमा कागती रोपेका छन् । यस वर्षबाट अलिअलि फले पनि कागतीले उत्पादन दिन अझै एक दुई वर्ष कुर्नु पर्ने रायमाझीले बताए । शिक्षण, राजनीति हुँदै बिशुद्ध किसान बनेका रायमाझी अहिले सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् ।

आधा जस्तो सुन्तला र जुनार राजधानी पठाई सकेका उनले थप उत्पादन भने अफसिजनका लागि भण्डारण गर्ने बताए । गत वर्ष मेलम्ची नगरपालिकाले पाँच लाख रुपैयाँ अनुदान उपलव्ध गराएपछि उनले शित भण्डार निर्माण गरेका हुन् । ‘नगरपालिकाले गरेको सहयोगले यस वर्षबाट मेरो उत्पादनले बजार मूल्य पाउँदैनकी भन्ने चिन्ता हराएको छ’, रायमाझीले भने, व्यवसायिक रुपमा काम गर्दा राज्यको सहयोग प्राप्त हुँदो रहेछ भन्ने उदाहरण पनि बनेको छ नगरपालिकाको अनुदान ।’