Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. मेलम्ची नगरपालिकाको बजेट पौने दुई अर्व
 मेलम्ची नगरपालिकाको बजेट पौने दुई अर्व
अर्थ समाचार

मेलम्ची नगरपालिकाको बजेट पौने दुई अर्व

by वरकाेबाेट संवाददाता June 23, 2024

मेलम्ची–मेलम्ची नगरपालिकाले आगामी आर्थिक वर्षको लागि पौने दुई अर्र्व बजेट विनियोजन गरेको छ ।

मेलम्ची नगरपालिकाको नगरसभाको १६ औं अधिवेशनबाट आर्थिक वर्ष २०८१÷०८२ का लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाले पूर्वाधार विकासमा विशेष जोड दिंदै बजेट विनियोजन गरेको नगरप्रमुख आइतमान तामाङले बताए । ‘चालु आर्थिक वर्षमा भएका उपलव्धिलाई आधार मानेर बजेट विनियोजन गरिएको छ’, नगर प्रमुख तामाङले भने, ‘माग र आबश्यकतालाई मध्यनजर गर्दै अत्यावश्यक क्षेत्रमा बजेट छुट्याएका छौं ।’ नगरपालिकाले प्राथमिकताका आधारमा पूर्वाधारपछि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा संस्कृति र सम्पदा संरक्षणमा पनि बजेट विनियोजन गरेको छ ।

गत आर्थिक वर्षदेखि विद्यालयमा सुरु गरिएको छ देखि १० कक्षा सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । उत्पादन र परिणाम देखिने ढंगले बजेट विनियोजन गरिएको नगरपालिकाका प्रवक्ता राजु रायमाझीले जानकारी दिए ।

आधुनिक र परम्परागत कृषि प्रणालीलाई आपसमा जोड्ने उद्देश्यले कृषि उपकरणसँगै गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिएको नगरले जनाएको छ । अध्ययन गर्ने उमेरका सबैलाई शिक्षाको पहुँचमा पु¥याउन छोरी बुहारी र विपन्न तथा जेहेन्दार छात्र छात्रालाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिएको बजेट वक्तव्य जारी गर्दै उपप्रमुख उमा प्रधानले बताईन् ।

अधिवेशनले नगर प्रमुख तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा उपप्रमुख प्रधानले पेस गरेको बजेट तथा विनियोजन विद्येयक सर्वसम्मतले पास गरेको थियो । अधिवेशनमा आर्थिक समिति सदस्य किरणदीप खड्काले पेस गरेको कृषि तथा पशुपन्छि सम्वन्धि विद्येयकसमेत पारित गरेको थियो ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.