Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. इन्द्रावती नदी थुनिएको छैन तर सावधानी भने अपनाऔँ–स्थानीय प्रशासन
 इन्द्रावती नदी थुनिएको छैन तर सावधानी भने अपनाऔँ–स्थानीय प्रशासन
समाचार

इन्द्रावती नदी थुनिएको छैन तर सावधानी भने अपनाऔँ–स्थानीय प्रशासन

by वरकाेबाेट संवाददाता August 19, 2024
मेलम्ची–इन्द्रावती नदी नथुनिएको स्पष्ट पार्दै स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन तर आतंकित नबन्न आग्रह गरेको छ ।
जिल्लाको पश्चिमी पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीमा सुख्खा पहिरो खसे पनि अहिलेसम्म नदी नथुनिएको सिन्धुपाल्चोक प्रहरीले स्पष्ट पारेको छ । आइतबार दिउँसोदेखि तिपेनीबाट इन्द्रावती नदी किनारमा सुख्खा पहिरो झर्न थालेको थियो ।
इन्द्रावती नदी थुनिएको हल्लापछि तटीय क्षेत्रमा त्रास फैलिएको छ । ‘अहिलेसम्म इन्द्रावती थुनिएको छैन,’ जिल्ला प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने, ‘स्थानीयलाई त्रासमा पार्ने काम कसैले गर्नु भएन ।’ अहिले सुख्खा पहिरो झर्न रोकिएको र नदी प्रवाह भइरहेको उनले जानकारी दिए ।
‘सावधानी भने अपनाउनु पर्छ । आतंकित भइहाल्ने अवस्था अहिले छैन,’ स्थानीयलाई आग्रह गर्दै एसपी खड्काले भने । सुख्खा पहिरो खसेको क्षेत्रमा दिउँसोदेखि वर्षा पनि नभएको प्रहरीले जनाएको छ । झण्डै ५० मिटरमाथिबाट खसेको पहिरोको गेग्रान इन्द्रावती किनारमा थुप्रिएको छ, साथै नदी बहाव धारमा पुगेको गेग्रान बगाइसमेत रहेको छ ।
वर्षासमेत थपिएर पहिरो खसिरहे मात्र नदी थुनिन सक्नेमा सुरक्षा निकायले उच्च सतर्कतासहित सम्भावित जोखिम निम्तिन नदिन आवश्य तयारी गरिरहेको एसपी खड्काले जानकारी दिए ।  ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नदी थुनिएमा बिस्फोट गराएर खुलाउने बिकल्पसहित अत्यावश्यक मेसिनरी सामाग्रीसहित पहिरो क्षेत्रमा तैनाथी छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले साँझ जारी गरेको प्रेस विज्ञप्तीमा पनि नदी नथुनिएको स्पष्ट पारेको छ । प्रशासनले पाँचपोखरी हुँदै मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाको नदी तटीय क्षेत्रका बासिन्दालाई सचेत भएर बस्न भने अनुरोध गरेको छ ।
नागिरकन्युजबाट
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.