Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. राजनीति
  3. १४ वडाको मतपरिणाम सार्वजनिक : कहाँ, कसले मार्यो बाजी ?
 १४ वडाको मतपरिणाम सार्वजनिक : कहाँ, कसले मार्यो बाजी ?
राजनीति समाचार

१४ वडाको मतपरिणाम सार्वजनिक : कहाँ, कसले मार्यो बाजी ?

by वरकाेबाेट संवाददाता December 2, 2024

सिन्धुपाल्चोक-आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतपरिणाम सार्वजनिक हुन थालेको छ ।

आइतबार एक नगरपालिका प्रमुख, दुई गाउँपालिका अध्यक्ष, तीन गाउँपालिका उपाध्यक्ष र बाँकी वडा अध्यक्ष गरी ४१ स्थानको लागि उपनिर्वाचन भएको थियो ।

आइतबार मध्यरातिसम्म १४ वटा वडाध्यक्ष पदको मतपरिणाम सार्वजनिक भएको छ । तीमध्ये अधिकांश स्थानमा नेपाली कांग्रेस निर्वाचित भएको छ । एमालेले कांग्रेसलाई पछ्याइ रहेको छ । माओवादीले भने यसअघि जितेका वडा धमाधम गुमाइरहेको छ ।

यस्तो छ मतपरिणाम :

ओखलढुंगा,मोलुङ गाउँपालिका-५ मा नेकपा एमालेका गंगाबहादुर तामाङ ३९९ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका घनश्याम दाहाल ले १७७ मत प्राप्त गरे।

रुकुम पश्चिम,सानीभेरी गाउँपालिका-५ मा नेपाली कांग्रेसका मोतिराम खत्री ५९० मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी माओवादीका जसिराम खत्रीले ५३७ मत प्राप्त गरे ।

जाजरकोट,कुशे गाउँपालिका ७ मा नेपाली कांग्रेसका खम्बबहादुर सिंह ३४७ मतसँगै विजयी भए । माओवादी केन्द्रका गोरखबहादुर सिंह ३३२ मतसहित दोस्रो स्थानमा रहे ।

दार्चुलाको दुहु-५ मानेपाली कांग्रेसका धनसिंह कुँवर ३७४ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी मानसिंह बडाल (नेकपा एमाले)ले ३५८ मत ल्याए ।

रोल्पाको रून्टीगढी गाउँपालिका-४ मा नेपाली कांग्रेसका भुपमणि पुनमगर ६४३ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम् प्रतिस्पर्धी बेगम पुन मगर (नेकपा एमाले) ५३५ मत ल्याए ।

कालिकोट,तिलागुफा नगरपालिका-४ मा नेपाल मजदुर किसान पार्टीका खड्गराज शाही १४३ मत प्राप्त गरेर विजयी भए । माओवादी केन्द्रका नैसोभा शाही ११५ मत ल्याएर दोस्रो भए ।

डोटीको पूर्वीचौकी गाउँपालिका-६ मा नेपाली कांग्रेसका मोहन थापा ४६८ मत ल्याएर विजयी भए । उनले नेकपा एमालेका देव थापा (३०१ मत) र माओवादी केन्द्रका देवीलाल थापा (२६ मत) लाई पराजित गरे ।

गोरखाको गोरखा नगरपालिका वडा-५ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर मगर ४८६ मत प्राप्त गरेर विजयी भए। उनले नेपाली कांग्रेसका भाइकाजी आले (४०२ मत) र एमालेकी दुर्गामाया थापा राना (३४५ मत) लाई पछाडि पार्दै विजय प्राप्त गरे ।

दैलेख, दुल्लु नगरपालिका-५ मा नेकपा एमालेका लालबहादुर शाही ५७४ मत प्राप्त गरेर विजयी भए । कांग्रेसका रेश्मबहादुर शाही ५७१ मतसहित दोस्रो स्थानमा रहे । यहाँको उपनिर्वाचनमा एमालेले कांग्रेसलाई ३ मतको अन्तरले पराजित गर्यो ।

रौतहटको ,ईशनाथ नगरपालिका-७ मा नेपाली कांग्रेसका शेख अब्दुल खलिक ६२७ मत प्राप्त गरेर विजयी भए । उनले नेकपा एमालेका शेख अनवार (५७५ मत) लाई हराए ।

झापाको कन्काई नगरपालिका वडा नं-६ मा एमाले–कांग्रेसलाई हराउँदै स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। कांग्रेस–एमालेलाई हराउँदै स्वतन्त्र उम्मेदवार ५५ वर्षीय लक्ष्मीप्रसाद ओली निर्वाचित भएका हुन्। चापाकल चुनाव चिह्न लिएर उठेका ओलीले ४९३ मत ल्याए । यहाँ नेकपा एमालेका तुलाराम बस्नेतले ३५६ मत पाउँदा नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ मत पाए।

महोत्तरीको रामगोपालपुर वडा नम्बर-२ मा नेकपा एमालेका विजयी सकिवुल खाँ निर्वाचित भएका छन् । उनले ६ सय ६१ मत प्राप्त गरे । माओवादीकी आइतीकुमारी यादवले ५३४ मत ल्याउँदा कांग्रेसका मोहम्मद जनिफ खाँले २८४ मत पाए ।

ताप्लेजुडको सिरिजंगा गाउँपालिका-३ मा एमालेकी कुमारी साउदेन ३ सय ५३ मत प्राप्त गरी विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी माओवादीकी अम्बी साउदेनले २ सय ५१ र कांग्रेसका भीम लक्सम्बा लिम्बुले २ सय १८ मत पाए ।

गुल्मीको मुसिकोट नगरपालिका–१ मा नेपाली कांग्रेसकाआनन्द श्रेष्ठ १ हजार १ सय ८४ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका दलबहादुर थापाले ९ सय ३० मत प्राप्त गरे ।

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.