Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. इन्द्रेश्वरी माविले जित्याे राष्ट्रपति रनिङ शिल्ड
 इन्द्रेश्वरी माविले जित्याे राष्ट्रपति रनिङ शिल्ड
खेल समाचार

इन्द्रेश्वरी माविले जित्याे राष्ट्रपति रनिङ शिल्ड

by वरकाेबाेट संवाददाता December 27, 2023

मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता

मेलम्ची-मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा इन्द्रेश्वरी मावि प्रथम हुँदै उपाधी जित्न सफल भएकाे छ ।

बुधवार सम्पन्न प्रतियाेगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएकाे हाे । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक जितेकाे थियाे ।

प्रतियाेगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर शितलादेवी मावि मेलम्ची – १० दाेस्राे स्थान जित्न सफल भएकाे छ । प्रतियाेगितामा बालसुधार मावि दुबाचाैर ५ स्वर्ण ४ रजत र ४ कास्य पदक जितेर तेस्राे हुन सफल भयाे ।

प्रतियोगितामा नगरभित्रका दुई संस्थागतसहित २२ विद्यालयकाे सहभागिता थियाे । समापनकाे दिन आयाेजिथ भलिबल प्रतियाेगितामा बालसुधार मावि प्रथम स्थान हाँसिल गर्न सफल भयाे । भलिबल प्रतियाेगितामा जनता मावि दाेस्राे र तेर्से मावि तेस्रो भएका भए । समापनका अवसरमा नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतले  विजयी खेलाडीहरुलाई शिल्ड प्रदान गरे ।

प्रतियोगिताको साेमबार नगरप्रमुख तामाङले उद्घाटन गरेका थिए । प्रतियाेगितामा भलिबल, कराँते र एथलेटिक्सका ३७ खेल भएका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.