इन्द्रेश्वरी माविले जित्याे राष्ट्रपति रनिङ शिल्ड
मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता
मेलम्ची-मेलम्ची नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगितामा इन्द्रेश्वरी मावि प्रथम हुँदै उपाधी जित्न सफल भएकाे छ ।
बुधवार सम्पन्न प्रतियाेगितामा ११ स्वर्ण पदक जित्दै इन्द्रेश्वरी उपाधी जित्न सफल भएकाे हाे । इन्द्रेश्वरीले ८ रजत र ९ कास्य पदक जितेकाे थियाे ।
प्रतियाेगितामा ५ स्वर्णसहित ६ रजत र ५ कास्य पदक जितेर शितलादेवी मावि मेलम्ची – १० दाेस्राे स्थान जित्न सफल भएकाे छ । प्रतियाेगितामा बालसुधार मावि दुबाचाैर ५ स्वर्ण ४ रजत र ४ कास्य पदक जितेर तेस्राे हुन सफल भयाे ।
प्रतियोगितामा नगरभित्रका दुई संस्थागतसहित २२ विद्यालयकाे सहभागिता थियाे । समापनकाे दिन आयाेजिथ भलिबल प्रतियाेगितामा बालसुधार मावि प्रथम स्थान हाँसिल गर्न सफल भयाे । भलिबल प्रतियाेगितामा जनता मावि दाेस्राे र तेर्से मावि तेस्रो भएका भए । समापनका अवसरमा नगरप्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतले विजयी खेलाडीहरुलाई शिल्ड प्रदान गरे ।
प्रतियोगिताको साेमबार नगरप्रमुख तामाङले उद्घाटन गरेका थिए । प्रतियाेगितामा भलिबल, कराँते र एथलेटिक्सका ३७ खेल भएका थिए ।