Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. शिक्षा
  3. कालीदेवीले मनायाे ६४ औँ वार्षिकोत्सव
 कालीदेवीले मनायाे ६४ औँ वार्षिकोत्सव
शिक्षा समाचार समाज

कालीदेवीले मनायाे ६४ औँ वार्षिकोत्सव

by वरकाेबाेट संवाददाता January 2, 2024

समारोहमा विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष रघुसिं तामाङलाई विशेष सम्मान गरिएको थियो ।

चौतारा-चौतारा साँगाचोकगढी नगरपालिका देउरालीस्थित कालिकादेवी माविले मंगलबार स्थापनाको ६४ औँ जन्मोत्सव मनाएको छ ।

विभिन्न प्रतियोगिता गर्दै विद्यालयले स्थापना दिवस भव्य रुपमा मनायो । वार्षिकोत्सवको सिन्धुपाल्चोक क्षेत्र नं. १ का सांसद माधव सापकोटा सुबोधले उद्घाटन गरेका थिए ।

उक्त समारोहमा विद्यालयका पूर्वव्यवस्थापन समिति अध्यक्ष रघुसिं तामाङलाई विशेष सम्मान गरिएको थियो । झण्डै दुई दशक तामाङले विद्यालयको नेतृत्वमा रहेर काम गरेका थिए । त्यसकै योगदान स्वरुप उनलाई विद्यालय परिवारले सम्मान गरेको हो ।

‘१९ वर्ष ६ महिनाभन्दा बढी यो स्कुललाई समय दिएको छु,’ सम्मानित भएपछि तामाङले भने, ‘यो सम्मानले समाज सेवामा अझै लाग्ने प्रेरणा दिएको छ ।’

उनलाई सांसद सापकोटाले सम्मानित गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे भने विद्यालयले अब्बल छात्रछात्रालाई पुरस्कृत गरेको थियो ।

कार्यक्रममा चाैतारा साँगाचाेकगढीका मेयर कृष्णप्रसाद सापकोटा, उपमेयर सीता थापा, पूर्वमेयर अमानसिं तामाङ, शिक्षा समन्वय अधिकारी कृष्णप्रसाद सुवेदीलगायतले धारणा राखेका थिए ।

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.