Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. सम्पादकको कलम
  3. सकारात्मक पत्रकारिताका लागि वरकोबोट
सम्पादकको कलम

सकारात्मक पत्रकारिताका लागि वरकोबोट

by युवराज पुरी January 3, 2024

समय बदलिंदै गएको छ । समाज परिवर्तनशील छ । स्मार्ट फोनमा देश र दुनिया अडिन थालेको छ । एक क्लिकमै विश्व नियाल्ने अबस्था सिर्जना भएको छ । समाजका अन्य विधामा जस्तै पत्रकारितामा पनि व्यापक परिवर्तन आएको छ । यही परिवर्तनलाई आत्मसात गर्दै हामी बरको बोट लिएर पाठकका सामू उपस्थित भएका छौं ।

सिन्धु पत्रकारितामा लामो समय व्यतित गर्दै गर्दा हामीले धेरै अनुभव हासिल गरेका छौं । राजनीतिका कठिन परिस्थितिहरुमा समाजको ऐनाको रुपमा स्थापित हुने प्रयत्न हामीले ग¥यौं । जिल्लाको पर्यटन प्रवर्धनका लागि पाँचपोखरी, हेलम्बु र भैरबकुण्ड मात्र हैन नेपेमेसाल हुँदै जुगल हिमालको बेस क्याम्पसम्मको यात्रालाई अनवरत पच्छ्यायौं र यसलाई अखबारका पानाहरुमा रङ्गायौं ।

कठिन परिस्थितिमा जुध्दै र सहज वातावरणमा रमाउँदै अनवरत चलिरहेको हाम्रो यात्रालाई फरक ढंगबाट अघि बढाउने प्रयासको उपज हो बरको बोट । हामी आधा भरिएको गिलाँसलाई आधा रित्तो देख्ने समयबाट अघि बढेका हौं । अहिले हाम्रो यात्रा बदलिएको छ सकारात्मक सोचबाट समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै हामी पाठकहरुसँग जोडिएका छौं ।

हामी गाउँघरका साना विषयहरुलाई समाचारको रुपमा स्थापित गर्न चाहान्छौं । किसानका कथा र व्यथाहरुलाई हाम्रा विषय वस्तु बनाउँछौ । सँगै कुरिति, कुसंस्कार, अनियमितता र बेथिति विरुद्ध हामी सशक्त रुपमा उभिनेछौं ।

तथ्य हाम्रो धर्म हो, सन्तुलन हाम्रो मर्म हो अनि विश्वसनीयता हाम्रो मन्त्र हो । हामी सँधै यसलाई मनन गरिरहेने छौं । खोजमूलक सामाग्री हाम्रो प्राथमिकतामा पर्नेछन् । विशेष गरी नागरिकको आवाज हाम्रो आवाज बन्ने छ र, हामी बन्ने छौं सरकार र नागरिकबीचको पुल ।

हामी घमण्ड गर्दैनौं तर समाजको सकारात्मक परिवर्तन हाम्रो लक्ष्य हो, हाम्रो उद्देश्य हो । डिजिटल युगमा प्रवेश गरेसँगै हामीले पनि डिजिटल माध्यमबाट पाठकलाई सूचना पस्कने जमर्को गरेका छौं । हाम्रो लक्ष्य, उद्देश्य र चाहना पाठकको मन जित्नु हो । हामी यही लक्ष्यका साथ बरको बोटलाई अघि बढाउने छौं । र हामी फेरी पनि प्रण गर्नेछौं सकारात्मक पत्रकारिताको एउटा उदाहरण बन्ने छ वरकोबोट ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.