Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. रनिङ शिल्ड कब्जा गर्ने बाटोमा ईर्खु मावि
 रनिङ शिल्ड कब्जा गर्ने बाटोमा ईर्खु मावि
खेल

रनिङ शिल्ड कब्जा गर्ने बाटोमा ईर्खु मावि

by वरकाेबाेट संवाददाता January 3, 2024

चाैतारा साँगाचाेकजढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता

चौतारा–डिफेन्डिङ च्याम्पियन ईर्खु मावि चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बिजेता बनेको छ ।

सदरमुकाम चौतारास्थित मिनिरंगशालामा बुधबार सम्पन्न प्रतियोगितामा सर्वाधिक २१ वटा स्वर्ण पदक बटुल्दै ईर्खु च्याम्पियन बनेको हो ।

ईर्खु लगातार दोस्रो पटक विजेता बनेको हो । यसअघि २०७९ को प्रतियोगितामा पनि ईर्खु प्रथम भएको थियो । अर्को वर्ष हुने प्रतियोगिता फेरि जितेमा ईर्खुले रनिङ शिल्डमाथि स्थायी कब्जा जमाउने छ । लगातार तीन प्रतियोगिता जितेको खण्डमा उपाधि कब्जा हुन्छ । यसअघि चौताराको कृष्ण रत्नगंगा माविले लगातार तीन प्रतियोगिता जितेर उपाधि स्थायी कब्जा गरेको थियो ।

१४ स्वर्ण पदकसहित कृष्णरत्न गंगा यो पटक पनि उपविजेतामा सिमित रह्यो । आठ स्वर्ण बटुल्दै सेतीदेवी मावि स्याउलेले तेस्रो स्थान हाँसिल ग¥यो ।

सोमबादेखि तीन दिन चलेको प्रतियोगितामा नगरभित्रका २३ माविका १ हजार ६ सय सिवद्यार्थीले प्रतिस्पर्धा गरेको आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष अमृतमान श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा एथलेटिक्समा मात्रै छात्र र छात्राका लागि २६ विधामा स्पर्धा भएको थियो । त्यस्तै छात्र/छात्रा भलिबल, कबड्डी, उसु, तेक्वान्दो, कराँते स्पर्धामा सहभागिले प्रतिस्पर्धा गरेका थिए । ६६ स्वर्ण पदकको लागि प्रतिस्पर्धा भएको थियो ।

विजेता ईर्खुले १५, रत्नगंगाले १२ र तेस्रो हुने सेतीदेवीले ९ हजार रुपैयाँ नगद पुरस्कार पाए । नगर प्रमुख कृष्णप्रसाद सापकोटा ‘देशबन्धु’ उपप्रमख सीता थापा लगायतले विजेता विद्यालय तथा विद्यार्थीलाई शिल्ड, कप, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.