Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. अर्थ
  3. प्रयोगविहिन बन्दै तरकारी संकलन केन्द्र
 प्रयोगविहिन बन्दै तरकारी संकलन केन्द्र
अर्थ कृषि समाचार

प्रयोगविहिन बन्दै तरकारी संकलन केन्द्र

by रुपक पुरी January 5, 2024

चाैतारा-सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा रहेको तरकारी संकलन केन्द्र निर्माण भएको आँठ वर्ष बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन ।

युएसएआइडीको सहयोग र टुकी संघ सुनकोसीको सहकार्यमा सञ्चालन भएकोे सबल कार्यक्रम र सप्रोस नेपालको ३२ लाख रुपैयाँको संयुक्त लगानीमा बनेको तरकारी तथा चिस्यान केन्द्र प्रयोगविहीन बनेको छ ।

तरकारी उत्पादन गर्ने, किसानले फलाएको उत्पादनलाई संकलन गर्ने र बजारसम्म पु¥याउने, बेमौसमी तरकारी तथा फलफूललाई चिस्यान केन्द्रमा सुरक्षित राख्ने उद्देश्य राखिएको थियो । तर यो उद्देश्यअनुसार कुनै पनि काम अघि बढ्न नसकेको स्थानीय कृषक प्रमोद दनुवारले बताए ।

यस्तै जुगल गाउँपालिकाको पाङ्ताङमा रहेको जुगल कृषि संकलन केन्द्र पनि प्रयोगविहीन बनेको छ । गाउँपालिकाको ५ लाख र युएनडिपीको १ लाख २० हजार गरी ६ लाख २० हजार लागतमा निर्माण भएको संकलन केन्द्र प्रयोगमा नआउँदा कृषकले उत्पादन गरेका तरकारी बारीबाटै बिक्री गर्नुपर्ने बाध्यता रहेको स्थानीय जेपी सिलवाल बताउँछन् ।

२०७७ मा निर्माण गरिएको कृषि भवन प्रयोगमा आउन नसक्दा झाडीमा परिणत भएको कृषक सुशान्त लामिछानेले बताए । सरकारी तथा गैरसरकारी संस्थाले उपलब्ध गराउने अनुदानको रकमका लागि मात्रै ध्यानमा राखेर निर्माण गरिएकाले यी तरकारी संकलन केन्द्र प्रभावकारी सञ्चालनमा आउन नसकेको स्थानीय किसानको दुखेसो छ ।

जिल्ला सदरमुकाम चौतारा, नवलपुर र ज्यामिरेमा निर्माण गरिएका संकलन केन्द्र पनि प्रभावकारी प्रयोगमा आउन सकेका छैनन् । जिल्लामा तरकारी संकलन केन्द्र नहुँदा उत्पादन गरेको तरकारीले उचित बजार नपाएको कृषकको गुनासो छ । कृषकले उत्पादन गरेको तरकारी डोकामा बोकेर डुलाउँदै बिक्री गर्नुपर्ने बाध्यता रहेको छ । तर निर्माण भएको तरकारी संकलन केन्द्रसमेत प्रयोगमा नआउँदा सास्ती खेप्नुपरेको ज्यामिरेका कृषक बालमुकुन्द अधिकारी गुनासो गर्छन् ।

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.