Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. टी-२० विश्वकप-नेपाल समूह ‘डी’ मा
 टी-२० विश्वकप-नेपाल समूह ‘डी’ मा
खेल समाचार

टी-२० विश्वकप-नेपाल समूह ‘डी’ मा

by वरकाेबाेट संवाददाता January 6, 2024

चाैतारा-आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा परेको छ। प्रतियोगिताको आधिकारिक ब्रोडकास्टर स्टार स्पोर्ट्सकाअनुसार नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर ८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल १९ जुनमा हुनेछ।

समूह ए :  भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी :  दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल

नेपालको खेल

नेदरल्यान्डसविरूद्ध – जुन ४- अमेरिका, डालास

श्रीलंकाविरूद्ध – जुुन ११ – अमेरिका, फ्लोरिडा

दक्षिण अफ्रिकीविरूद्ध – जुुन १४ – सेन्ट भिसेन्ट

बंगलादेशविरूद्ध – जुन १६- सेन्ट भिसेन्ट

समूहमा भारत र पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कमा हुनेछ। नेपाल रहेको समूहको खेल अमेरिका

र वेस्ट इन्डिजमा हुनेछन्।

अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्तरूपमा आयोजना गर्दैछन्।

पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जाउँदैछन्।

सन् २०२४ को टी-२० विश्वकपमा १२ टिम सिधै छनोट भएका थिए भने ८ टिमले क्षेत्रीय छनोट चरण पार गरेका छन्।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरुमा २० टिमलाई  ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो।

४ समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.