Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. प्रथम प्रविण घले स्मृति कप फुटबल मंगलबारदेखि
 प्रथम प्रविण घले स्मृति कप फुटबल मंगलबारदेखि
खेल समाचार

प्रथम प्रविण घले स्मृति कप फुटबल मंगलबारदेखि

by वरकाेबाेट संवाददाता January 7, 2024

प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ धनराशीको पुरस्कार पाउने छ । उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्ने छ ।

चौतारा–सिन्धुपाल्चोक सदरमुकाम चौतारामा मंगलबारदेखि सुरु हुने प्रथम प्रविण घले स्मृति कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक लिल फङ (घले समाज) ले आइतबार चौतारामा गरेको पत्रकार सम्मेलनमा टाइसिट सार्वजनिक गर्दै प्रतियोगिताको तयारी बारे जानकारी दिएको हो । टुँडिखेलस्थित मिनिरंगशालामा सातासम्म चल्ने प्रतियोगिता ७ ए साइड संचरनाको हुने लिल फङले जनाएको छ ।

सार्वजनिक खेल तालिका अनुसार प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेल चौतारा–१ स्याउले र मेलचौर युवा जगारण समाजबीच हुने छ ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ धनराशीको पुरस्कार पाउने छ । उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्ने छ । प्रत्येक खेलका म्यान अफ द म्याच र प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई ट्रफीसहित आकर्षक नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

स्मृतिमा फुटवल प्रतियोगिता आयोजना गरिएका स्वर्गीय प्रविण घले चौताराका सवाजसेवी थिए । स्थानीय वनदेवी माविको अध्यक्ष रहेकै बखत जटिल रोगका कारण केही वर्षअघि मात्र उनको निधन भएको थियाे । २०७४ को स्थानीय निर्वाचनमा चौतारा–५ को वडा सदस्यमा निर्वाचित भएका घलेले केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

प्रतियोगिताको उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा र समापन बागमती प्रदेशका भौतिक तथा योजनामन्त्री युवराज दुलालले गर्ने कार्यक्रम आयोजकले तय गरेको छ ।

घले समुदायको मुग ल्हो (घले समुदायको ल्होसार) को अवसर पारेर प्रतियोगिता आयोजना गरिएको हो । समापन कार्यक्रममा विशेष साँस्कृतिक कार्यक्रम गरी ल्होसार मनाउने तयारीसमेत गरिएको छ ।

स्मृतिमा फुटवल प्रतियोगिता आयोजना गरिएका स्वर्गीय प्रविण घले चौताराका सवाजसेवी थिए । स्थानीय वनदेवी माविको अध्यक्ष रहेकै बखत जटिल रोगका कारण केही वर्षअघि मात्र उनको निधन भएको थियाे । २०७४ को स्थानीय निर्वाचनमा चौतारा–५ को वडा सदस्यमा निर्वाचित भएका घलेले केही समय कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए ।

यस्ताे छ खेल तालिका :

 

Previous post
Next post

1 Comment

  • प्रथम प्रविण घले स्मृति कप : पहिलो दिन दुई टोलीलाई सफलता – Barkobot says:
    January 9, 2024 at 8:32 pm

    […] […]

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.