Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. प्रथम प्रविण घले स्मृति कप : पहिलो दिन दुई टोलीलाई सफलता
 प्रथम प्रविण घले स्मृति कप : पहिलो दिन दुई टोलीलाई सफलता
खेल समाचार

प्रथम प्रविण घले स्मृति कप : पहिलो दिन दुई टोलीलाई सफलता

by रुपक पुरी January 9, 2024

सिन्धुपाल्चाेक–प्रथम प्रविण घले स्मृति कप फुटबल प्रतियोगितामा मेलचौर युवा जागरण समाज र गाती युथ क्लबले बिजयी सुरुवात गरेका छन् ।

सुरज लामाको ह्याट्रिक गोल प्रेरित उद्घाटन खेलमा जागरण समाजले चौतारा–१ स्याउलेविरुद्ध ०–४ को शानदार जित निकाल्यो । चौताराको टुँडिखेलस्थित मिनिरंगशालामा म‌गलबार भएको खेलमा जागरण समाजका लामा एक्लैले तीन गोल गरेर ह्याट्रिक पुरा गरेका हुन् । उनी नै खेलको म्यान अफ द म्याच भए ।

प्रतिस्पर्धात्मक दोस्रो खेलमा गातीले चौतारा–६ पीपलडाँडालाई पेनाल्टीमा ३–२ ले स्तब्ध पार्यो । यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी प्रहारमा पुगेको थियो । गोलकिपर राजकुमार गुभाजूले शानदार प्रदर्शन गर्दा गातीले बाजी मार्यो । उनी नै खेलकोे म्यान अफ द म्याच भए ।

म्यान अफ द म्याच बनेका दुबै खेलाडीले नगद १ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाए । बिजेता दुबै टोलीले क्वाटर फाइनलमा स्थान बनाएका छन् ।

लिल फङ (घले समाज) को आयोजनामा मंगलबारदेखि सुरु ७ ए साइड फुटबल प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गरेका थिए । प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ धनराशीको पुरस्कार पाउने छ । उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्ने छ ।

सम्वन्धित समाचार

प्रथम प्रविण घले स्मृति कप फुटबल मंगलबारदेखि

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.