Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. बलात्कार मुद्दामा क्रिकेटर सन्दिपलाई आठ वर्ष कैद सजाय
 बलात्कार मुद्दामा क्रिकेटर सन्दिपलाई आठ वर्ष कैद सजाय
खेल समाचार

बलात्कार मुद्दामा क्रिकेटर सन्दिपलाई आठ वर्ष कैद सजाय

by वरकाेबाेट संवाददाता January 10, 2024

काठमाडाैँ-बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजायको फैसला भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई उक्त कैद र जरिवानाको सजाय सुनाएको हो । अदालतले साताअघि उनलाई दोषी ठहर गरेको थियो ।

सन्दीपलाई तीन लाख जरिवाना र २ लाख युवतीलाई आर्थिक क्षतिपुर्ती गरि कुल ५ लाख पनि तोकिएकोछ ।

गतवर्ष भदौ ५ गते काठमाडौंको एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको आरोप सन्दीपमाथि लागेको थियो । भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै प्रहरी वृत गौशालामा किटानी जाहेरी दिएकी थिइन ।

सन्दीपलाई पुष २८ मा उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

सजाय पाए पनि क्रिकेटर सन्दीप लामिछानेले तत्काल कारागार (जेल)मा बस्नु नपर्ने भएको छ ।

१० वर्षभन्दा कमको सजाय बाहिरै बसेर लड्न पाउने कानूनी व्यवस्थासँगै सन्दीपलाई कारागार चलान गर्नु नपर्ने भएको काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

सजायप्रति असन्तुष्ट सन्दिप तत्काल उच्च अदालतमा पुनरावेदन लिएर जाने उनका वकिलले जनाएका छन् ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.