Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. शिक्षा
  3. सहिदभूमि पिस्करको मंगलामाइले मनायो ६२ औँ वार्षिक उत्सब
 सहिदभूमि पिस्करको मंगलामाइले मनायो ६२ औँ वार्षिक उत्सब
शिक्षा समाचार

सहिदभूमि पिस्करको मंगलामाइले मनायो ६२ औँ वार्षिक उत्सब

by वरकाेबाेट संवाददाता January 10, 2024

बाह्रविसे–त्रिपुरासुन्दरी गाउँपालिका–४ स्थित सहिदभूमि पिस्करको मंगलामाइ माविले आफ्नो स्थापनाको ६२ औ वार्षिक उत्सव तथा अभिभावक दिवस बुधबार भब्य रुपमा मनाएको छ।

संघीय सरकार स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले वार्षिक उत्सव समारोहको उदघाटन गगर्दै आर्थिक अभावको कारण कुनै ब्यक्ति उपचारबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य भएको दाबी गरे।आफुले शिक्षा क्षेत्रमा पहिलादेखि नै उल्लेखनीय काम गर्दै आएको भन्दै उनले अझै सहयोग गर्न उद्दत रहेको बताए।

गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले त्रिपुराको विकासमा कुनै कसर बाकी नराख्ने र दीर्घकालीन विकास निर्माणका कार्यक्रम द्रुतगतिमा अगाडि बढिरहेको बताए । विद्यालयले घटदै गएको विद्यार्थीको संख्या बढाउन गुणस्तरीय शिक्षा दिलाउनु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा विद्यालयले विविध कार्यक्रमसहितको अभिभावक भेला सम्पन्न गरेको हो । राष्ट्रिय लोकदोहोरी गायिका अस्मिता डल्लाकोटीले दमदार सास्कृतिक प्रस्तुति गरिन् भने शिक्षक,विद्यार्थीहरुको नृत्यले कार्यक्रमको रौनक थपेको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गीता नेपाल, वडा न ४ पिस्करका वडाध्यक्ष टेकबहादुर गुभाजु, वडा न ५ तौथलीका वडाध्यक्ष यादप श्रेष्ठ ,वडा नं. २ चोकटीका वडाध्यक्ष रमेश राउत ,वडा नं. ३ धुस्कुनका वडाध्यक्ष शिवकुमार कार्की, वडा नं. ६ टेकानपुरका वडाध्यक्ष तथा पालिका प्रबक्ता रमेश बोहरा , वडा नं. १ घोर्थलीका वडाध्यक्ष सीताराम थापा लगायतका जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइवा, राष्ट्रिय विद्यालय व्यवस्थापन समितिका केन्द्रिय अध्यक्ष गुणराज मोक्तान, केन्द्रिय सचिव मन्जु भण्डारी , शिक्षा शाखा प्रमुख शालीकराम घिमिरे, स्वास्थ शाखा प्रमुख चन्द्रनारायण शाह लगायत कार्यक्रममा सहभागि थिए ।

कार्यक्रमा इसइई टपर, प्लस टु बिज्ञान पास गर्ने विद्यार्थीहरुलाइ सम्मान गरिएको थियो । अवकाश प्राप्त शिक्षकहरु तथा साथी संस्था हेल्पलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो। हेल्पले वबगत दुई बर्ष अगाडिदेखि प्राथमिक तहमा अङ्ग्रेजी र गणित विषय अध्यापन गराउने शिक्षक उपलब्ध गराउँदै आएको छ । साथी शिक्षक बिष्णु मिजार उत्कृष्ट शिक्षक भइ सम्मानित भएका हुन् ।

पिस्कर सहिदभूमि हाे । २०४० माघ १ गते पञ्चायती शासन विरुद्ध गाउँमा आयाेजित साँस्कृति कार्यक्रममा तत्कालीन शासकले गाेली चलाउँदा इली र बीरे थामीले शाहदात पाएका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.