Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. प्रथम प्रविण घले स्मृति कप : सिएससीसहित चार टोली अन्तिम आठमा
 प्रथम प्रविण घले स्मृति कप : सिएससीसहित चार टोली अन्तिम आठमा
खेल समाचार

प्रथम प्रविण घले स्मृति कप : सिएससीसहित चार टोली अन्तिम आठमा

by वरकाेबाेट संवाददाता January 10, 2024

चौतfरा–युवा खेलाडी विशालजंग रायमाझीको प्रेरणादायी प्रदर्शनमा चौतारा स्पोर्टिङ कलब (सिएससी) प्रथम प्रविण घले स्मृति कप ७ ए साइड फुटबल प्रतियोगिताको अन्तिम आठमा पुगेको छ ।

चौताराको टुँडिखेल मैदानमा बुधबार भएको खेलमा सिएससीले जलकेनी युवा क्लबलाई एकपक्षीय रुपमा ५ -१ ले हरायो । सिएससीको जितमा विशालजंग एक्लैले दुई गोल गरे । उनी नै खेलको म्यान अफ द म्याच बने ।

‘उपािध सपना नदेखेका हैनौँ । त्योभन्दा अघि हामी बलियो टोली बनाउन लागेका छौँ,’ सिएससीका प्रशिक्षक राकेश रानाले वरकोबोटसँग भने, ‘आज कमजोर टोलीविरुद्ध खेलेको होइनौँ । बलियो टोलीलाई कमजोर सावित गरेका हौँ ।’ आफ्नो टोली झन् बलियो बनेर आउने रानाको दाबी छ ।

यसअघि आजै भएको खेलमा रोयल फेमिली चौताराले जिल्ला प्रहरी कार्यालयलाई ३–१ ले हरायो । अर्को खेलमा इन्द्रावती गापा–३ कुञ्चोकसँग धार्पा फुटबल क्लव बाह्रविसे ४–१ ले पराजित भयो । बाह्रविसेकै बाह्रदेवीले भने गौराति युथ क्लबलाई २–१ ले पराजित गर्यो ।

बिजयी सबै टोली क्वाटर फाइनल पुगेका छन् ।

प्रथम प्रविण घले स्मृति कप फुटबल मंगलबारदेखि

प्रथम प्रविण घले स्मृति कप : पहिलो दिन दुई टोलीलाई सफलता

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.