Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. ठडियो पाँचपोखरीको भव्य प्रशासनिक भवन : पूर्वप्रधानमन्त्री ओलीद्धारा उद्घाटन
 ठडियो पाँचपोखरीको भव्य प्रशासनिक भवन : पूर्वप्रधानमन्त्री ओलीद्धारा उद्घाटन
समाचार समाज

ठडियो पाँचपोखरीको भव्य प्रशासनिक भवन : पूर्वप्रधानमन्त्री ओलीद्धारा उद्घाटन

by वरकाेबाेट संवाददाता January 31, 2024

चौतारा-सिन्धुपाल्चोकको हिमाली स्थानीय तह पाँचपोखरी थाङपाल गाउँपालिकाले भव्य प्रशासनिक भवन पाएको छ ।

पाँच वर्ष लगाएर गाउँपालिकाले प्रशासनिक भवन ठड्याएको हो । हालै निर्माण सम्पन्न उक्त भवनको बुधबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।

झण्डै १२ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । उनका अनुसार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट २ करोड ३७ लाख ६० हजार , संघीय समपुरक अनुदान ३ करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट ४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बजेट भवन निर्माणमा बिनियोजन भएको थियो ।

पाँचपोखरी थाङपाल–६ मा २०७५ बाट निर्माण सुरु गरेर हालै मात्र सम्पन्न विभिन्न पाँच भवनमा प्रशासनिक भवन, हल, क्याटरिङ, पुस्ताकालय र संग्रालयसहित ३५ कोठा रहेका छन् । झण्डै १२ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । 

पाँचपोखरी थाङपाल–६ मा २०७५ बाट निर्माण सुरु गरेर हालै मात्र सम्पन्न विभिन्न पाँच भवनमा प्रशासनिक भवन, हल, क्याटरिङ, पुस्ताकालय र संग्रालयसहित ३५ कोठा रहेका छन् । भवन बनाउनको लागि स्थानीयले ४५ रोपनी जग्गा दान गरेका थिए ।

भवन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले पालिकाले नयाँ भवन निर्माणसँगै गुणस्तरीय र सुलभ सेवा प्रवाहतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले पाँचपोखरीका अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नसमेत आग्रह गरे ।

यहाँका उत्पादनले बजार पाए स्थानीयको आयआर्जनमा सहयोग पुग्ने उनको भनाईँ छ । ।  ओलीले मेलम्ची–पाँचपोखरी –भोताङ सडक कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासनसमेत दिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.