ठडियो पाँचपोखरीको भव्य प्रशासनिक भवन : पूर्वप्रधानमन्त्री ओलीद्धारा उद्घाटन
चौतारा-सिन्धुपाल्चोकको हिमाली स्थानीय तह पाँचपोखरी थाङपाल गाउँपालिकाले भव्य प्रशासनिक भवन पाएको छ ।
पाँच वर्ष लगाएर गाउँपालिकाले प्रशासनिक भवन ठड्याएको हो । हालै निर्माण सम्पन्न उक्त भवनको बुधबार पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरे ।
झण्डै १२ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए । उनका अनुसार जिल्ला समन्वय समिति सिन्धुपाल्चोकबाट २ करोड ३७ लाख ६० हजार , संघीय समपुरक अनुदान ३ करोड ८४ लाख र पाँचपोखरी थाङपाल गाउँपालिकाबाट ४ करोड ८७ लाख ८२ हजार रुपैयाँ बजेट भवन निर्माणमा बिनियोजन भएको थियो ।
पाँचपोखरी थाङपाल–६ मा २०७५ बाट निर्माण सुरु गरेर हालै मात्र सम्पन्न विभिन्न पाँच भवनमा प्रशासनिक भवन, हल, क्याटरिङ, पुस्ताकालय र संग्रालयसहित ३५ कोठा रहेका छन् । झण्डै १२ करोड रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष टासी लामाले बताए ।
पाँचपोखरी थाङपाल–६ मा २०७५ बाट निर्माण सुरु गरेर हालै मात्र सम्पन्न विभिन्न पाँच भवनमा प्रशासनिक भवन, हल, क्याटरिङ, पुस्ताकालय र संग्रालयसहित ३५ कोठा रहेका छन् । भवन बनाउनको लागि स्थानीयले ४५ रोपनी जग्गा दान गरेका थिए ।
भवन उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले पालिकाले नयाँ भवन निर्माणसँगै गुणस्तरीय र सुलभ सेवा प्रवाहतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । उनले पाँचपोखरीका अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नसमेत आग्रह गरे ।
यहाँका उत्पादनले बजार पाए स्थानीयको आयआर्जनमा सहयोग पुग्ने उनको भनाईँ छ । । ओलीले मेलम्ची–पाँचपोखरी –भोताङ सडक कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने आश्वासनसमेत दिए ।
