Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. हेलम्बु दुर्घटना अपडेट : बौद्धगुम्बा दर्शन गर्न आएका थिए भुटानी
 हेलम्बु दुर्घटना अपडेट : बौद्धगुम्बा दर्शन गर्न आएका थिए भुटानी
समाचार

हेलम्बु दुर्घटना अपडेट : बौद्धगुम्बा दर्शन गर्न आएका थिए भुटानी

by ध्रुव दंगाल January 31, 2024

इलाका प्रहरी कार्यालय हेलम्बुका इन्स्पेक्टर मनोजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार बौद्धमार्गी भुटानी नागरिक चारवटा जिप चढेर हेलम्बुको खर्सुङस्थित मेलारेपा गुम्बा दर्शन गर्न जाँदै थिए। तीमध्ये एउटा जिप उक्त गुम्बाभन्दा झण्डै साढे दुई किलोमिटर वरै दोरिङको भिरबाट खसेको हो। 

 सिन्धुपाल्चाेक- पर्यटकीय गाउँ हेलम्बुमा बुधबार भएको दुर्घटनाका मृतक तथा घाइते भुटानी नागरिक यहाँको बौद्धगुम्बा दर्शन गर्न आएको खुलेको छ। उनीहरु बौद्धमार्गी थिए।

बा २ च ४४५० नम्बरको जिप हेलम्बु गाउँपालिका–१ स्थित दोरिङको भिरबाट ५० मिटर तल खसेर दुर्घटना हुँदा दुई भुटानी नागरिकको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा एक नेपालीसहित पाँच भुटानी घाइते भएका थिए।

 

इलाका प्रहरी कार्यालय हेलम्बुका इन्स्पेक्टर मनोजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार बौद्धमार्गी भुटानी नागरिक चारवटा जिप चढेर हेलम्बुको खर्सुङस्थित मेलारेपा गुम्बा दर्शन गर्न जाँदै थिए। तीमध्ये एउटा जिप उक्त गुम्बाभन्दा झण्डै साढे दुई किलोमिटर वरै दोरिङको भिरबाट खसेको हो।

गुम्बातर्फ जाँदा दोरिङभिरस्थित कच्ची सडक साँघुरोका साथै ठाडो उकालोमा पर्छ। भीमकाय पहिरो र त्यसपछि निम्तिएको पहिरो कपेर बनाइएको सडकबाट पैदल यात्रा गर्दा नै कहाली लाग्छ।

सवारी साधनमा यात्रा गर्दा त यात्रुहरु अत्तालिएर राम नामै जप्छन्। प्रहरीका अनुसार अगाडिका दुई जिपले दोरिङको उकालो पार गरिसकेका थिए। तेस्रो जिप उकालोमा पछाडि गुड्दै (ब्याक हुँदै) भिरबाट खसेको हो। सबैभन्दा पछाडि रहेको चौथो जिप तेस्रो जिपले उकालो पार गर्ने प्रतीक्षामा केही तल रोकिएको थियो।

‘प्रत्यक्षदर्शीको भनाई सुन्दा दुर्घटनामा परेको जिपको पिकअफ राम्रो देखिएन। दुई पटक उकालो नतानेपछि तेस्रो प्रयास गर्न पछाडि हटिरहेको जिप नरोकिई सडकको डिलबाट भिरतिर खस्यो,’ इन्स्पेक्टर श्रेष्ठले  भने।

गुम्बा पुग्न चल्तीको राम्रो वैकल्पिक सडक थियो। तर त्यो निकै घुमाउरो रहेकाले निकै छोटो दुरीको दोरिङको सडक रोजाइमा परेको देखिन्छ। भुटानीहरु काठमाडौँबाट हेलम्बुतर्फ आएका थिए।

दुर्घटनामा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७५ वर्षीय वाङ्मुको मृत्यु भएको हो। भुटानी नागरिकहरु ७४ वर्षीय हाइज, ४२ वर्षीय फुफा छिरिङ, ६५ वर्षीय गुची, ५६ वर्षीय फुँड र हेलम्बु–२ का ४२ वर्षीय रामचन्द्र भण्डारी घाइते भएका थिए।

भण्डारी जिप चालक रहेको प्रहरीले जनाएको छ। इन्स्पेक्टर श्रेष्ठका अनुसार सबै घाइतेहरुको राजधानी काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घाइतेमध्ये दुईको गम्भीर अवस्थामा उद्धार गरिएको थियो। दुर्घटनापछि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन लामाको अगुवाइमा हेलिकप्टरबाट घाइतेको उद्धार गरी उपचारमा लगिएको थियो।

(नागरिकन्यूजबाट साभार)

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.