Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. ज्ञानमन्दिर र सेतीदेवीबीच उपाधि भिडन्त
 ज्ञानमन्दिर र सेतीदेवीबीच उपाधि भिडन्त
खेल समाचार

ज्ञानमन्दिर र सेतीदेवीबीच उपाधि भिडन्त

by वरकाेबाेट संवाददाता February 3, 2024

चाैतारा-दाेस्राे चाैतारा स्पाेर्टिङ क्लव नगरस्तरीय ७ए साइड फुटवल प्रतियाेगिताकाे फाइनल समिकरण पूरा भएकाे छ ।

ज्ञानमन्दिर नमुना मावि मेलचाैर र सेतीदेवी मावि स्याउलेले उपाधि भेट पक्का गरेका हुन् ।

प्रतियाेगिताकाे उपाधिकाे लागि शनिबार दिउँसाे २ बजे फाइनल भिडन्त हुने छ ।

शनिबार बिहान भएकाे पहिलाे सेमिफाइनलमा ज्ञान मन्दिरले सिद्धिगणेश मावि सानाेसिरूवारीलाई ४-२ गाेलले पराजित गर्दै उपाधि नजिक पुगेकाे हाे । १-२ गाेलले पछि परेकाे अवस्था उल्टाउँदै ज्ञान मन्दिरले कमव्याक जित निकालेकाे हाे ।

७ गाेलकाे वर्षा भएकाे दाेस्राे सेमिफाइनलमा जनविकास मावि साँगाचाेकलाई २-५ गाेलकाे फराकिलाे अन्तरले हराउँदै सेतीदेवीले फाइनल यात्रा तय गरेकाे हाे ।

प्रतियाेगिताकाे विजेताले नगद ३० र उपविजेताले २० हजार रूपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियाेगिताकाे उत्कृट गाेलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गाेलकर्ता र सर्वाेत्कृष्ट खेलाडीले ट्रफी पुरस्कार पाउने छन् ।

चाैतारा स्पाेर्टिङ क्लवद्वारा आयाेजित प्रतियाेगितामा चाैतारा नगरका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.