Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. शिक्षा
  3. मेलम्चीले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याएको छ–प्रमुख तामाङ
 मेलम्चीले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याएको छ–प्रमुख तामाङ
शिक्षा समाचार समाज

मेलम्चीले शिक्षा क्षेत्रमा पर्याप्त बजेट छुट्याएको छ–प्रमुख तामाङ

by वरकाेबाेट संवाददाता February 2, 2024

सातकन्या माविको ५१ औँ वार्षिकोत्सब

मेलम्ची-मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले शैक्षिक क्षेत्रको सुधारका लागि नगरपालिकाले आबश्यक बजेट विनियोजन गरेको बताएका छन् ।

मेलम्ची नगरपालिका, वडा नं. ९ स्थित सातकन्या माविको ५१ औँ वार्षिकोत्सब समारोहमा बोल्दै प्रमुख अतिथि तामाङले सबै विकासको प्रमुख आधार शिक्षा भएकाले नगरले शिक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन गरेको बताएका हुन् ।

विद्यालयको शिक्षाको अबस्था सुधारको लागि अभिभावकले पनि चासो लिनु पर्ने तामाङले बताए । उनले विद्यालयममा कला, संस्कृतिको विकासका लागि प्रशिक्षण दिने व्यवस्था गर्न लागेको जानकारी दिए । नगरले नृत्य र खेलको प्रशिक्षक नियुक्त गर्न लागेको जानकारी दिएका हुन् ।

उपप्रमुख उमा प्रधानले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि सबै पक्ष लागिपर्नु पर्ने बताइन् । कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि विकास तामाङले द्वैध प्रकृतिको शिक्षा पद्धतिले सामुदायिक विद्यालय मध्यम र निम्न वर्गका बाल वालिका पढ्ने स्थल भएकाले सामुदायिक विद्यालयको विकासमा राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रधानाध्यापक जनक अधिकारीले प्रगति प्रतिवेदन प्रश्तुत गरेको कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं. ९ र १० का वडाअध्यक्षहरु किरणदिप खड्का र अमृत खनाल, इन्द्रावती क्याम्पसका अध्यक्ष सिपी दुलाल, क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ, याङ्री लार्के सरोकार समितिका सचिव चन्द्रबहादुर तामाङ लगायतले विद्यालयको शैक्षिक र भौतिक प्रगतिको कामना गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनबहादुर घलेले विद्यालयमा कक्षाकोठा अपुग भएकाले त्यसका लागि पहल गर्न स्थानीय सरकार प्रमुखसँग आग्रह गरे ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.