दोस्रो चौतारा स्पोर्टिङ क्लव फुटबल : ज्ञानमन्दिरलाई उपाधि
चाैतारा- पेनाल्टी सुटआउटमा गोलरक्षक सन्देश दंगाल नायक बनेपछि ज्ञानमन्दिर नमुना माविले दोस्रो चौतारा स्पोर्टिङ क्लव नगरस्तरीय ७ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चौतारास्थित मिनिरंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा ज्ञानमन्दिरले सेतीदेवी मावि स्याउलेलाई पेनाल्टी सुटआउटमा २–० गोलले पराजित गर्दै ज्ञानमन्दिरल उपाधि जितेको हो ।
उपाधिसँगै बिजेता ज्ञानमन्दिरले नगद ३० हजार रुपैयाँ पुरस्कार पायो भने उपबिजेता बनेको सेतीदेवीले नगद २० हजार रुपैयाँमा चित्त बुझायो ।
यसअघि निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक फाइनलमा सुरुवाती अग्रता भने ज्ञानमन्दिरले लिएको थियो । आत्मघाती गोल खाएपछि पुनः मेलचौरले लिएको अग्रता खेलको अन्तिम समयमा गोल फर्काउँदै सेतीदेवीले बराबरीमा पु¥याएको थियो ।
पेनाल्टी सुटआउटमा ज्ञानमन्दिरका गोलरक्षक सन्देश दंगाल हिरो बने । उनले सेतीदेवीका दुई खेलाडीको पेनाल्टी उत्कृष्ट बचाउ गरेपछि उपाधि ज्ञानमन्दिरले उचाल्यो ।
खेलको म्यान अफ द म्याच जितेका दंगाल नै प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक चुनिँदै गोल्ड्रेन ग्लोब्स जिते । ज्ञानमन्दिरकै सगुन श्रेष्ठले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएर गोल्ड्रेन बल जित्दा उपविजेता सेतीदेवीका शुसन श्रेष्ठ उत्कृष्ट डिफेन्डर, विजेन श्रेष्ठ उत्कृष्ट स्ट्राइकर छानिए ।
सिद्धिगणेश मावि सानोसिरुवारीका सागर थापामगर उत्कृष्ट मिडफिल्डर चुनिँदा इर्खु माविका १० वर्षीय खेलाडी सुवास महतले इमर्जिङ प्लेयरको अवार्ड जिते । प्रतियोगिताभर सर्वाधिक ५ गोल गरेर ज्ञानमन्दिरका जोन श्रेष्ठले गोल्ड्रेन बुट जिते । सिद्धिगणेशले फेयरप्लेको अवार्ड हात पा¥यो । उनीहरुले ट्रफी पुरस्कार पाए ।
प्रतियोगिताको बिजेता विद्यालय तथा खेलाडीलाई नगरकी उपप्रमुख सीता थापा, सामाजिक विकास शाखाका संयोजक रामप्रसाद गौतम लगायतले ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार बितरण गरेका थिए ।
चौतारा स्पोर्टिङ क्लवद्धारा आयोजनामा तीन दिन चलेको चौतारा साँगाचोकगढी माविस्तरीय प्रतियोगितामा नगरभित्रका १४ विद्यालयले प्रतिस्पर्धा गरेका थिए ।
