Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. राजनीति
  3. मेलम्चीबाट रास्वपाकाे दबाब अभियान सुरु
 मेलम्चीबाट रास्वपाकाे दबाब अभियान सुरु
राजनीति समाचार

मेलम्चीबाट रास्वपाकाे दबाब अभियान सुरु

by वरकाेबाेट संवाददाता February 4, 2024

मेलम्ची-राष्ट्रिय स्वतन्त्र पार्टीले मेलम्चीबाट आइतबार दबाब अभियान सुरु गरेको छ ।

बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको नजिकै २१ वटा रित्ता गाग्री प्रदर्शन गर्दै रास्वपाले अभियान सुरु गरेको हो । समस्याग्रस्त २१ विकासे आयोजनामा पुगेर समस्या समाथानार्थ सरकारलाई दबाब दिन अभियान थालेको रास्वपाले जनाएको छ ।

अभियानको क्रममा रास्वपाले संघीय संसदमा पार्टीबाट प्रतिनिधित्व गर्ने सबै २० सांसद मेलम्चीमा उतारेको थियो ।

रास्वपा सभापति रबि लामिछानेले ६२ अर्ब रुपैयाँ खर्च भएको आयोजना पूरा हुन नसक्नु र समस्या निम्तिरहनुमा पर्याप्त अध्ययन नभएको जिकिर गरे । पहिरोको अध्ययन नगरिकन खन्याइएको पैसा जनतालाई भार पार्नुबाहेक अरु नभएको भन्दै उनले थपे, ‘एडिबीले बाँध सार्न सुझाव दिए पनि त्यसको पर्याप्त अध्ययन भएको छैन । मेलम्ची र हेलम्बु क्षेत्र अझै जोखिममा छन् ।’

हेलम्बु–मेलम्ची क्षेत्रका स्थानीयले आयोजनाबाट २० प्रतिशत रोयल्टी पाउनु पर्ने भन्दै लामिछानेले रास्वपा त्यसको सुनिश्चितताको पक्षमा उभिने बताए ।

उपसभापति डा. स्वर्णीम वाग्लेले मेलम्ची आयोजना ‘भ्रष्टाचारको जननी’को रुपमा देखिएको आरोप लगाए । अर्बौैँ खर्च भएको आयोजना निकम्मा अवस्थामा पुगको तर्क गर्दै उनले ढिलासुस्ती र ऋणमाथी ऋण थुपारिएको, नियुक्तिमा किनबेच गरेर भ्रष्टाचार गरेका कारण मेलम्ची पुरा हुन नसकेको दाबी गरे ।
‘
महामन्त्री डा. मुकुल ढकालले काठमाण्डौवासीले पानी खान पाएका छैनौं भनेपछि रित्ता गाग्री बोकेर मेलम्चीको मुहानमा पानी भर्न आएको भन्दै सरकारलाई व्यंग गरे ।

मेलम्ची बजारबाट पैदलै हिँडेर आयोजनाको मुहानस्थल हेलम्बु र दुई वर्षअघि आयोजना र तल्लो तटीय क्षेत्रमा व्यापक भौतिक क्षति पु¥याउने गरी निम्तिएको भ्रेमाथाङ पहिरोसम्म पुग्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.