Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. करण रावल बने चौथो लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेलरेस प्रतियोगिताको च्याम्पियन
 करण रावल बने चौथो लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेलरेस प्रतियोगिताको च्याम्पियन
खेल समाचार

करण रावल बने चौथो लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेलरेस प्रतियोगिताको च्याम्पियन

by वरकाेबाेट संवाददाता February 24, 2024

तातोपानी–नेपाली सेनाका धावक करण रावल चौथो लिस्तिकोट–दुगुनागढी माउन्टेन ट्रेलरेस प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

शनिबार सम्पन्न प्रतियोगितामा झण्डै साढे २ सय प्रतिस्पर्धीलाई उछिन्दै त्रिभुवन आर्मी क्लवका खेलाडी उनी खुला विधातर्फ बिजेता बनेका हुन् । साढे २४ किलोमिटर लामो ट्रेलरेस २ घण्टा १३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै रावलले नगद १ लाख १० हजार रुपैयाँ पुरस्कार जिते ।

सेनाकै गोपाल तामाङ दोस्रो भए । निर्धारित दुरीको दौड २ घण्टा १५ मिनेट ५८ सेकेण्डमा पार गरेर उनले ७५ हजार रुपैयाँ पुरस्कार पाए । तेस्रो बनेर ५५ हजार रुपैयाँ पुरस्कार जितेका धावक बेदबहादुर सुनारले २ घण्टा १० मिनेट २ सेकेण्डमा दौड पार गरेका थिए । उनी पनि सेनाकै धावक हुन् ।

खुलातर्फ नै ताप्लेजुङका रमेश लिम्बु तेस्रो, सेनाका मोहन जोसी पाँचौँ र गोविन्द कार्की छैठौँ भए । उनीहरुले क्रमशः ४०, ३० र २० हजार रुपैयाँ पुरस्कार हात पारे ।

महिला विधातर्फ साविक बिजेता खोटाङकी प्रिया राई च्याम्पियन भइन् । २ घण्टा ५७ सेकेण्डमा दौड पुरा गरेकी उनले नगद ६० हजार रुपैयाँ पुरस्कार जितिन् । उनी तेस्रो संस्करणमा पनि च्याम्पियन बनेकी थिइन् । धावक रसिला तामाङ दोस्रो र हुमी बुढामगर तेस्रो भए । उनीहरुले क्रमशः ३५ र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

सिन्धुपाल्चोक जिल्ला विधातर्फ पाँचपोखरी थाङपाल गाउँपालिकाका लाक्पा तामाङ पहिलो, ङेमा तामाङ दोस्रो र मेलम्ची नगरपालिकाका राजेन्द्र तामाङ तेस्रो भए । उनीहरुले क्रमशः ३०, २० र १५ हजार रुपैयाँ पुरस्कार जिते ।

चार बिधामा प्रतिस्पर्धा गराइएको प्रतियोगिताको स्थानीयतर्फको दौडमा भोटेकोसी गाउँपालिकाका जाङ्बो शेर्पा, कुमा तामाङ र निमाछिरिङ तामाङ प्रथम, द्धितीय र तृतीय भए । उनीहरुले ३०, २० र १० हजार रुपैयाँ नगद पुरस्कार क्रमशः हात पारे ।

बिजेता धावक तथा धाविकाहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपत्यका पृतनाका पृतनापति उपरथि सागरबहादुर थापा, प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य, इन्द्रध्वज गणका गणपति प्रमुख सेनानी धर्मेन्द्र भण्डारी लगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

भोटेकोसी गाउँपालिकाको प्रायोजनमा नेपाली सेनाले चार वर्षदेखि लगातार यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो पटक चौतारास्थित इन्द्रध्वज गणले प्रतियोगिताको आयोजना गरेको थियो ।

तिब्बतसँगको युद्धकिल्ला दुगुनागढीको संरक्षण र प्रचार गर्ने उद्देश्यले आयोजना गरिएको ट्रेलरेस तातोपानीस्थित सुख्खा बन्दरगाह भन्सारबाट सुरु भएर नयाँ पुल, पाङलाङ, लिस्तिकोट हुँदै २ हजार ४ सय २५ मिटर उचाइको गुम्बा पुगेर सिल्दुम, धारापानी गोदाम भएर २ हजार १ सय २२ मिटर उचाइको दुगुनागढी आएर सम्मन्न भएको थियो ।

लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेसको चौथो संस्करण फागुनमा

 

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.