Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. पर्यटन
  3. लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेसको चौथो संस्करण फागुनमा
 लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेसको चौथो संस्करण फागुनमा
पर्यटन समाचार

लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेसको चौथो संस्करण फागुनमा

by वरकाेबाेट संवाददाता January 29, 2024

खुलातर्फ पहिलो हुनेले नगद १ लाख १० हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्

चौतारा– लिस्तिकोट दुगुनागढी माउन्टेन ट्रेलरेसको चौथो संस्करण आगामी फागुनमा आयोजना हुने भएको छ ।

दौडमार्फत ऐतिहासिक युद्धकिल्ला दुगुनागढीको संरक्षण एवम् प्रचार गर्ने उद्देश्यले इन्द्रध्वज गणको आयोजना र भोटेकोसी गाउँपालिकाको प्रायोजनमा यस वर्षको माउन्टेन ट्रेलरेस प्रतियोगिता फागनु १२ गते सञ्चालन हुने तालिका सार्वजनिक भएको हो ।

माघ २५ गतेसम्म नाम दर्ता गर्न सकिने प्रतियोगितामा नेपाली र विदेशी धावकले भाग लिन पाउने इन्द्रध्वज गणले जानकारी दिएको छ । गणका अनुसार सैनिक केन्द्रिय पुस्तकालय, गणको चौतारा, मेलम्ची, बाह्रबिसे र झीर्पुस्थित सैनिक व्यारेकमा नाम दर्ता गर्न सकिने छ ।

खुला, महिला र जिल्लावासीका लागि गरी तीन विधामा दौड सञ्चालन हुने गणले जनाएको छ । खुलातर्फ पहिलो हुनेले नगद १ लाख १० हजार, दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

महिला बिधातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ६०, ३५ र २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । जिल्लावासीतर्फ पहिलोले ३०, दोस्रोले २० र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पाउने आयोजकले जानकारी दिएका छन् ।

प्रतियाेगिताकाे तयारी सुरु गरिसकेकाे आयाेजक गण र प्रायाेजक भाेटेकाेसी गाउँपालिकाले जानकारी दिए ।

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.