Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. चालु वर्षको छ महिनामा मेलम्चीको खर्च ४४ करोड
 चालु वर्षको छ महिनामा मेलम्चीको खर्च ४४ करोड
समाचार

चालु वर्षको छ महिनामा मेलम्चीको खर्च ४४ करोड

by वरकाेबाेट संवाददाता February 23, 2024

मेलम्ची–मेलम्ची नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा ४४ करोड ७० लाख ६२ हजार पाँच सय रुपैयाँ खर्च गरेको छ ।

नगरले छ महिनाको अवधिमा चालु खर्च २७ करोड दुई लाख ५९ हजार आठ सय र पूँजीगततर्फ १७ करोड ६८ लाख दुई हजार ५ सय रुपैयाँ खर्च भएको नगरसभाको १५ औं हिउँदे अधिवेशनमा नगर प्रमुख आइतमान तामाङले प्रगति प्रतिवेदनमा उल्लेख गरेका छन् ।

नगरले यो अवधिमा संघीय र प्रदेश सरकारबाट प्राप्त अनुदान, नगरको आन्तरिक आम्दानी समेत गरी ५३ करोड ८७ लाख ४५ हजार ३ सय रुपैयाँ आम्दानी भएको शुक्रबार सम्पन्न नगरसभामा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

नगर प्रमुख तामाङले प्रश्तुत गरेको प्रतिवेदन अनुसार गत माघ मशान्तसम्म नगरले २१ करोड २० लाख १३ हजार रुपैयाँ आन्तरिक आम्दानी गरेको छ । नगरले ६५ करोड आन्तरिक राजश्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको छ ।

नगरपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्न सुरु गरेको पशु बिमा कार्यक्रममा ५० प्रतिशत अनुदानबापत २ लाख ५० हजार रुपैयाँ वितरण गरेको जनाएको छ । पशुपालक किसानलाई राहत प्रदान गर्न सुरु गरिएको सुत्केरी पशु प्रोत्साहन कार्यक्रममार्फत किसानलाई १४ लाख २३ हजार रुपैयाँ प्रदान गरिएको प्रमुख तामाङले जानकारी दिए । बैकिङ प्रणालीमार्फत वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता रकम चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकदेखि विधुतीय भुक्तानी प्रणालीको माध्यमबाट वितरणको व्यवस्था मिलाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादनमा आधारित वित्तीय समानिकरण अनुदानका लागि गरेको मूल्यांकनमा ५३ दशमलव ८४ अंक प्राप्त गरेर देसमै चौथो स्थान हाँसिल गरेकोमा जनप्रतिनिधि र कर्मचारीलाई धन्यवाद दिंदै नगरप्रमुख तामाङले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हाँसिल गर्ने गरी लाग्न आग्रह गरे ।

सभाले उपप्रमुख उमा प्रधानले पेश गरेको नगरपालिकाको आर्थिक ऐन २०८० संशोधन विधेयक तथा विनियोजन ऐन २०८० को संशोधन विधेयक र आर्थिक वर्ष २०८०/८१ को संशोधित बजेट पारित गरेको छ । सभामा पेश भएको विभिन्न ११ प्रस्तावहरु पनि सभाले सर्वसम्मत पारित गरेको उपप्रमुख प्रधानले जानकारी दिइन् ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.